पाल्पामा निर्वाचन सुरक्षा चुनौतीसहितको  नमुना मतदान (फोटो फिचर)

पाल्पामा निर्वाचन सुरक्षा चुनौतीसहितको  नमुना मतदान (फोटो फिचर)
सुन्नुहोस्

तानसेन : यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन पाल्पामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।  निर्वाचन एकीकृत सुरक्षा समिति पाल्पाले मतदानको दिन आइपर्ने चुनौतीलाई मध्यनजर गर्दै तानसेनमा एक विशेष नमुना मतदान तथा सुरक्षा  रणनीति सैन्य अभ्यास प्रदर्शन गरेको छ । 

जति जति नजिक निर्वाचनको समय आउछ, निर्वाचनमा खटिने सुरक्षाकर्मीहरुको चुनौती बढ्दै जान्छ । निर्वाचनमा खटिने निर्वाचन प्रहरीसहित राज्यका ३ वटै सुरक्षा निकायहरु निर्वाचनको माहोललाई शान्तिपूर्ण बनाउन दिनरात खटिएका छन् । 

null

 मतदानस्थलमा हुने सुरक्षा चुनौती अभ्यासका क्रममा कुनै समूहले नियम विपरित जवरजस्ती मतदानस्थल कब्जा गर्न खोज्दा उत्पन्न हुने तनावलाई एकीकृत निर्वाचन सुरक्षाकर्मीले व्यबस्थापन गरी समाधानको नमुना अभ्यास देखाइएको हो  । मतदानस्थलको पहिलो घेरामा रहेको नेपाल प्रहरीले स्थिति नियन्त्रणमा लिन नसकेपछि सशस्त्र प्रहरी र अन्त्यमा नेपाली सेनाको  समन्वय  मतदान अधिकृतको सहजीकरण बाट समस्या समाधान उपाय देखाइएको थियो ।

निर्वाचनको दिन हुन सक्ने सुरक्षा चुनौतीलाई मध्य नजर नेपाली सेना दि फेमस महिन्द्र दल गणको अगुवाईमा एकीकृत सुरक्षा चुनौतीसहितको नमुना मतदान पाल्पाको तानसेनमा भएको हो ।  निर्वाचनको सुरक्षामा नेपाली सेना तेस्रो घेरामा रहन्छ ।  

nullनेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रयासले मात्र स्थिति नियन्त्रणमा आएन भने एकीकृत सुरक्षा योजना अन्तर्गत सेना मतदानस्थलमै परिचालन हुन्छ ।  नमुना अभ्यासमा  रणनीतिक सुरक्षा र वार्तामार्फत रोकिएको  मतदान सुचारु गर्ने भन्ने सफल परीक्षण गरेका दि फेमस महेन्द्र दल गण, पाल्पाका प्रमुख सेनानी शान्तकुमार थापाले बताए ।

निर्वाचनको पहिलो र मुख्य सुरक्षा घेरामा नेपाल प्रहरी, निर्वाचन प्रहरी खटिन्छन् । मतदानस्थलमा उत्तेजित भिडलाई रोक्ने, सम्झाउने बुझाउनेदेखि  आवश्यक परे अन्य सुरक्षा निकायको सहयोग लिई मतदानस्थल र मतदाताको सुरक्षा सुनिश्चित गर्न नेपाल प्रहरी खटिएको हुन्छ । तानसेनमा भएको सुरक्षा चुनौती नमुना अभ्यासले फिल्डमा खटिने प्रहरीको मनोबल बढाएको, समन्वय र आपसी सहकार्यमा स्मरण गराएको जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रम्ख प्रहरी उपरीक्षक दिपेन्द्र पञ्जियार थारुले बताए  । 

nullनिर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नु एकीकृत निर्वाचन सुरक्षा समिति प्रमुख दायित्व र कर्तव्य र जिम्मेवारी हो ।  एकीकृत सुरक्षा समितिको यो अभ्यासले पाल्पाको सुरक्षा निकायबीचको समन्वयलाई मजबुत बनाउँदै आत्मविश्वास बढाएको छ । पाल्पामा  कुनै पनि प्रकारका  निर्वाचन विरोधी सुरक्षा क्रियाकलाप  र सुरक्षा चुनौतीलाई निस्तेज पार्न सक्षम छौँ भन्ने गरी जनतामा शान्ति सुरक्षाको प्रत्याभूति दिएको सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीले बताए ।

नमुना मतदानमा स्थानीयवासीको पनि सक्रिय सहभागिता रह्यो । ज्येष्ठ नागरिकदेखि, महिला तथा पहिलो पटक मतदान सहभागी मतदाताहरु नमुना मतदान गरे । सहभागी स्थानीय बासिन्दाहरूले यस अभ्यासबाट मतदान गर्ने सही तरिका र सुरक्षा व्यवस्थाबारे स्पष्ट जानकारी पाएको स्थानीय मतदाता पुरुषोत्तम गैरेले बताए ।

nullनमुना मतदानमा सहभागी सर्वसाधारणलाई  साँच्चै नै मतदानको दिन फागुन २१ गते नै आए जस्तो भएको छ ।  मतपत्र कसरी लिने, स्वस्तिक छाप कहाँ र कसरी लगाउने अनि मतपत्रलाई नबिग्रने गरी कसरी पट्याउने भन्ने कुरा मैले आज प्रष्टसँग सिकेको नमुना मतदानमा सहभागी मखनमाया  गुभाजु बज्राचार्यले  बताइन् । 

nullनिर्वाचन सुरक्षाको यो नमुना प्रदर्शनीले सुरक्षा निकायको कार्यक्षमता मात्र होइन, आम मतदातामा सुरक्षाको प्रत्याभूति समेत गराएको छ । यस्ता नमुना मतदानसहित एकीकृत निर्वाचन सुरक्षा  विधि र प्रक्रियाको अभ्यास गाउँ–गाउँमा पुर्‍याउन सके निर्वाचन शान्तिपूर्ण, भयरहित र  विश्वसनीय बनाउन सहयोग पुग्ने छ । पाल्पा जिल्लाको क्षेत्र नं. १ मा  ५२ वटा मतदानस्थलको ११७ वटा मतदान केन्द्रमा ९८ हजार ३ सय ८३ मतदाता रहेका छन ।

null

यसै गरी क्षेत्र नं. २ मा ६६ वटा मतदानस्थलको १३४ वटा मतदान केन्द्रमा १ लाख ९ हजार ५३ जना मतदाता रहेका छन ।  पाल्पामा निर्वाचनको लागि विभिन्न किसिमका  तयारी पूरा भएसँगै अब सबैको ध्यान फागुन २१ को मतदानतर्फ सोझिएको छ । पाल्पामा दुई सिटको लागि क्षेत्र नं. १ मा १४ जना र क्षेत्र नं. २ मा १६ जना उम्मेदवारहरु प्रतिष्पर्धामा छन् । पाल्पामा १ हजार ५ सय १८ जना निर्वाचन कर्मचारीहरु परिचालन हुँदैछन् । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.