आफ्नै उम्मेदवार पाउँदा उत्साहित एमाले कार्यकर्ता

हृदयेश त्रिपाठीलाई छोडेको मैदान सम्हालेका रामप्रसाद जित हात पार्ने दाउमा

हृदयेश त्रिपाठीलाई छोडेको मैदान सम्हालेका रामप्रसाद जित हात पार्ने दाउमा
तस्बिर : अन्नपूर्ण

परासी : आसन्न प्रतिनिधिसभा निर्वाचनमा नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ बाट दुई निर्वाचनपछि नेकपा एमालेले आफ्नै उम्मेदवार उठाएको छ । स्थानीय निर्वाचनको अनुभव बटुलेका रामप्रसाद पाण्डेलाई एमालेले उम्मेदवार उठाएको हो ।

उनी सुस्ता गाउँपालिकाका पूर्वअध्यक्ष हुन् । २०७४ र २०७९ सालका दुई निर्वाचनमा एमालेले आफ्नै उम्मेदवार नउठाई नेता हृदयेश त्रिपाठीलाई समर्थन गरेको थियो । ति दुवै निर्वाचनमा एमाले कार्यकर्ताले आफ्नै उम्मेदवारलाई भोट दिन नपाएको गुनासो गर्दै आएका थिए । 

चुनाव प्रचारप्रसारका क्रममा पाण्डेले गाउँपालिका अध्यक्ष हुँदा गरेका कामको मतदाताहरुले प्रशंसा गरिरहेका छन् । त्यही काम पाण्डेका लागि मत माग्ने बलियो आधार बनेको छ । पाण्डेले कार्यकालमा पूर्वाधार, शिक्षा, कृषिलगायतका क्षेत्रको सुधार गरेको दाबी गरेका छन् । 

त्यसैगरी आठ वर्षपछि आफ्नै नेता मैदानमा उतारेपछि कार्यकर्तामा नयाँ उत्साह देखिएकाले पनि एमाले चुनाव जित्नेमा ढुक्क जस्तै देखिन्छ । ‘एमाले कार्यकर्ताका लागि यो चुनाव विशेष बनेको छ । किनकी लामो समयपछि हामीले आफ्नै चुनाव चिन्हमा आफ्नै उम्मेदवारलाई भोट हाल्ने अवसर पाएका छौं । त्यति मात्र होइन विकासप्रेमीका रुपमा रहनु भएका पाण्डेलाई क्षेत्रका अन्य दलका कार्यकर्ता र समर्थकको सहयोग रहने भएकाले जित सुनिश्चित छ,'एमाले कार्यकर्ता सन्तोष पाठकले भने । 

सो क्षेत्रबाट एमालेले २०७४ सालको निर्वाचनमा दलविहीन भएका हृदयेश त्रिपाठीलाई समर्थन गरेको थियो । राजपा छाडेर स्वतन्त्र राजनीतिक समूह गठन गरेका त्रिपाठी एमालेको सूर्य चिन्हबाट विजयी भएका थिए । २०७९ सालको निर्वाचनमा फेरि एमालेले त्रिपाठीलाई समर्थन गरेको थियो । जनता प्रगतिशील पार्टी(जप्रपा) गठन गरेर आफ्नै दलको चुनाव चिन्हबाट चुनाव लडेका त्रिपाठीलाई फेरि एमालेले समर्थन गर्दै उम्मेदवार उठाएको थिएन । तर त्रिपाठी भने पराजित भए । यी दुईवटै निर्वाचनमा एमालेले त्रिपाठीलाई मैदान खाली गरेपछि एमाले कार्यकर्ताहरू आफ्नै उम्मेदवारलाई भोट दिन पाएका थिएनन् । पाण्डेसँगै अहिले त्रिपाठी जसपाबाट चुनावी मैदानमा छन् । 

‘दुई पटकसम्म एमालेका कार्यकर्ता र समर्थकले आफ्नै उम्मेदवारलाई भोट दिन पाएनन् । अहिले गाउँ गाउँमा उत्साह छ । सबैको साथ र मतले जित निश्चित भन्नेमा विश्वस्त छ । ’ पाण्डेले भने । स्थानीय अनुभव, पार्टी संरचनाको सक्रियता र विगतको मतका आधारलाई जोडेर पाण्डेले जित्ने रणनीति अघि सारेको देखिन्छ । एमालेले २०७९ को निर्वाचनमा उक्त क्षेत्रबाट समानुपातिकतर्फ १७ हजार १७२ मत पाएको थियो । 

यो निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका विनोदकुमार चौधरी, जसपाका हृदयेश त्रिपाठी, नेपाली कम्युनिष्ट पार्टी(नेकपा) की सिन्धु ‘जलेसा’ बुढाथोकी, राष्ट्रिय स्वतन्त्र पार्टीका विक्रम खनाललगायत दल र स्वतन्त्र गरी २६ जना चुनावी प्रतिस्पर्धामा छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.