देउवालगायतका शीर्ष नेताहरूको अभिभावकत्वमा कांग्रेसले देशको नेतृत्व गर्छ : उपसभापति शर्मा

देउवालगायतका शीर्ष नेताहरूको अभिभावकत्वमा कांग्रेसले देशको नेतृत्व गर्छ : उपसभापति शर्मा
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

परासी : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले शीर्ष नेताहरूको अभिभावकत्वमा बदलिएको कांग्रेसले देशको नेतृत्व गर्ने बताएका छन् । वर्तमान राष्ट्रिय आवश्यकतालाई पूरा गर्ने पार्टी कांग्रेस मात्र रहेको दाबी गर्दै सक्षम र विज्ञहरूको ‘परफेक्ट टिम’सहित सरकारको नेतृत्व गर्ने  शर्माको भनाइ छ । 

नवलपरासीमा रहेका दुईवटा निर्वाचन क्षेत्रमा पर्ने चौपाता र परासीमा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै शर्माले गगन थापा नेतृत्वमा अनुभवी र योग्य व्यक्तिहरूलाई समेटेर अघि बढ्ने बताए । ‘गगन थापा प्रधानमन्त्री बन्दैमा देश बन्छ भनेर हामी भन्दैनौं । उहाँको नेतृत्वमा योग्य र विज्ञलाई जोडेर शेरबहादुर देउवालगायतका सबै शीर्ष नेताको मार्गदर्शनमा बदलिएको कांग्रेस टिमले सरकारको नेतृत्व गर्छ ,'शर्माले भने । 

प्रधानमन्त्री बन्नु कुनै फिल्मको हिरो बन्नुजस्तो नभएको उल्लेख गर्दै उनले देश विकासका लागि सिंगो टिम आवश्यक पर्ने धारणा राखे । ‘एउटा हिरोका कारण फिल्म चल्ला तर देश चल्दैन । देश बनाउन सशक्त र सक्षम टिम चाहिन्छ । त्यो टिम कांग्रेसले बनाएर अघि बढ्छ,'उनले भने।

देशभरका कांग्रेस उम्मेदवारले गरेका प्रतिबद्धता कांग्रेस पार्टीको प्रतिबद्धता भएको र त्यो पूरा हुने उनले मतदातालाई आश्वासन दिए । ‘कांग्रेसले जुन कुरा गर्न सक्छ त्यो कुरा गर्छ । अहिले उम्मेदवारहरूले गरेको प्रतिबद्धता भावी प्रधानमन्त्री गगनको पनि प्रतिबद्धता हो । त्यसैले जिम्मेवार पार्टीका हैसियतले ती प्रतिबद्धता पूरा हुन्छन् म वाचा गर्छु ,'नेता शर्माले भने । 

विभिन्न  दलमा रहेका नेता र कार्यकर्ताहरू अहिले कांग्रेसमा आउने लहर आएको भन्दै नयाँ पुस्ताका माग र चाहनालाई पूरा गर्न पनि कांग्रेसका उम्मेदवारलाई जिताएर पठाउन उनले आग्रह गरे ।  कांग्रेसले नवलपरासी क्षेत्र नम्बर १ मा उद्योगपति एवं निवर्तमान सांसद बिनोदकुमार चौधरी र क्षेत्र नम्बर २ मा भीमबहादुर थापा(भरत)लाई उम्मेदवार बनाएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.