इलाम–२ मा सुहाङको ‘एक्सन प्लान’

इलाम–२ मा सुहाङको ‘एक्सन प्लान’

इलाम : फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि इलाम क्षेत्र नम्बर–२ मा नेकपा एमालेका उम्मेद्वार सुहाङ नेम्वाङ यतिबेला मतदातासामु मत माग्न व्यस्त छन् । उनी गाउँगाउँमा पुगेर निर्वाचनपछि आफूले गर्ने कामको फेहरिस्त सुनाएर मतदाताको मन जित्ने प्रयास गरिरहेका छन् ।  

पेशाले कानुन व्यवसायी सुहाङका लागि राजनीति विरासत मात्र होइन, एउटा ठूलो परीक्षा पनि हो । ‘मुन्धुम ल च्याम्बर्स’ को कानुनी बहस छाडेर इलामको धुलाम्मे सडक र गाउँबस्तीमा भिज्न थालेका सुहाङ अहिले केवल ‘सुवासका छोरा’ मात्र रहेनन्, उनी आफैमा एउटा आशाका पात्र बन्दै छन् ।

२०८१ को उपनिर्वाचनमा २७ हजार ७७२ मत ल्याएर विजयी हुँदा धेरैले यसलाई ‘सहानुभूति’ को मत भनेका थिए । तर, बितेका १६ महिनामा सुहाङले आफ्नो छुट्टै पहिचान बनाउने प्रयत्न गरेका छन् । संसदमा इलामको चिया, कृषि र सडकका मुद्दा उठाउनेदेखि लिएर विपतको समयमा जिल्ला सम्झने जनप्रतिनिधिका रुपमा उनलाई मतदाताले नजिकबाट नियालेका छन् । 

यो चुनावी मैदान सुहाङका लागि यस पटक उति सहज भने छैन । उनको सामुन्ने नेपाली कांग्रेसका पाका र अनुभवी नेता भेषराज आचार्य उभिएका छन् ।  आचार्य, जो विगतमा सुवासचन्द्र नेम्वाङसँग पराजित भएका थिए । आचार्य  यस पटक ‘परिवर्तित राजनीतिक समीकरण’ र आफ्नो लामो सामाजिक सेवाको बलमा नतिजा उल्टाउने दाउमा छन् ।

राजनीतिक समीकरण पनि फेरिएको छ । अघिल्लो उपनिर्वाचनमा सुहाङलाई साथ दिएको माओवादी अहिले आफ्नै उम्मेदवारका साथ मैदानमा छ । यस्तोमा, सुहाङका लागि आफ्नो पार्टी नेकपा (एमाले) को संगठन जोगाउनु र नयाँ युवा मतदातालाई रिझाउनु मुख्य चुनौती छ ।

इलाम–२ का १ लाख १९ हजार बढी मतदाताका लागि यो चुनाव केवल व्यक्ति छान्नका लागि मात्र होइन । यो त ‘अनुभव’ र ‘आशा’ बीचको छनोट पनि हो । सुहाङ आफ्ना बुवाले सुरु गरेका अधुरा सपना पूरा गर्ने र इलामलाई आधुनिक विकाससँग जोड्ने एजेण्डा लिएर हिँडिरहेका छन् । 

नम्र स्वभाव, मिलनसार व्यक्तित्व र मुद्दामा आधारित राजनीति नै सुहाङको अहिलेको मुख्य हतियार बनेको छ । विरासतको आड पाए पनि उनी आफ्नै कर्मले इलामेलीको मन जित्न चाहन्छन् । नेम्वाङले चुनावी अभियानको क्रममा क्षेत्रको विकास, सुशासन र समृद्धिको एजेण्डासहित जनताको आँगनमा पुगिरहेका छन् । उनले इलामलाई ‘ग्लोबल ब्राण्ड’ बनाउने संकल्प लिएका छन् ।  इलामका चिया, बाँस, छुर्पी र अलैंची जस्ता स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने योजना अघि सारेका छन् । 

उनले केचना–कञ्चनजंघा कोरिडोरलाई राष्ट्रिय राजमार्गको रूपमा विकास गर्ने, मेची राजमार्गलाई दुई लेनको बनाउने र सूचना प्रविधिमार्फत नयाँ रोजगारीका अवसरहरू सिर्जना गर्ने लक्ष्य राखिएको छ । शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सुधार ल्याउँदै प्राविधिक शिक्षामा जोड दिने र किराँत भाषा तथा संस्कृतिको संरक्षणमा विशेष पहल गर्ने उनको प्रतिबद्धता पत्रमा उल्लेख छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.