नेकपाका केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य विनोद पहाडी एमालेमा प्रवेश
काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य विनोद पहाडी नेकपा एमालेमा प्रवेश गरेका छन्।
शनिबार रुपन्देहीमा आयोजित एक कार्यक्रमकाबीच एमाले उपाध्यक्ष विष्णु पौडेल, केन्द्रीय सचिव छविलाल विश्वकर्मा, नेता लिला गिरी लगायतले पहाडीलाई एमालेमा प्रवेश गराएका हुन् ।
एमाले प्रवेश गर्दै पहाडीले राष्ट्रिय स्वाभिमानमा एमालेको दृढतालाई आधार मानेर एमालेसँग यात्रा गर्ने निर्णय गरेको बताए । उनले एमालेमाथि भएको घेराबन्दी र आक्रमण लोकतन्त्र र गणतन्त्रमाथिको आक्रमण भएको उल्लेख गरे।
भदौ २३/२४ पछि एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथी निरन्तर प्रहार भइरहेको उल्लेख गर्दै उनले एमाले र ओलेमाथीको प्रहार विधि र विधान माथिको प्रहार भएको धारणा राखे।
प्रतिक्रिया दिनुहोस !