‘सैन्य कारबाही’अघि इजरायलले सर्वसाधारणलाई भन्यो- दक्षिणी लेबनान खाली गर्नू
काठमाडौं : इजरायलले लेबनानको लितानी नदीको दक्षिणी क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई तत्काल त्यहाँबाट सुरक्षित स्थानतर्फ सर्न आग्रह गरेको छ।
इजरायलको आइडीएफले लितानी नदीको दक्षिणमा रहेका बासिन्दालाई उत्तरतर्फ जान निर्देशन दिएको हो। उसले भनेको छ, 'तपाईंहरूको सुरक्षाका लागि तुरुन्तै आफ्ना घर खाली गर्नुपर्छ।'
हिज्बुल्लाहका लडाकु र उनीहरूको आधारस्थल नजिक रहेका व्यक्तिहरूलाई आफ्नै ज्यान जोखिममा नपार्न आग्रह गरिएको छ। विज्ञप्तिमा भनिएको छ, 'हिज्बुल्लाहले आफ्नो सैन्य प्रयोजनका लागि प्रयोग गर्ने कुनै पनि भवन वा घर वैध निशाना हुनेछ र त्यसमाथि कारबाही हुन सक्छ।'
प्रतिक्रिया दिनुहोस !