दुर्गा प्रसाईंका मेची अञ्चल संयोजक सिटौला पक्राउ
झापा : दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानका मेची अञ्चल संयोजक मधुरकान्त सिटौला पक्राउ परेका छन्।
भोलि हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी झापा जिल्लामा केही अराजक गतिविधि गर्न सक्ने भएकाले सिटौलालाई बिर्तामोड नगरपालिका १ स्थित चिल्ड्रेन अस्पताल बिर्तामोडबाट पक्राउ गरिएको हो।
उनलाई आज साँझ ५:२० बजे इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको टोलीले पक्राउ गरेको हो। उनलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !