इलाममा मतदाता उत्साहित, उम्मेदवारले गरे मतदान

इलाममा मतदाता उत्साहित, उम्मेदवारले गरे मतदान
सुन्नुहोस्

इलाम : इलाममा प्रतिनिधि सभा सदस्यको चयन गर्नका लागि मताधिकार प्रयोग गर्न उत्साहित देखिएका छन् । इलाममा दलका उम्मेद्वारले आफ्नो मतदाता केन्द्रमा पुगेर मतदान गरिसकेका छन् । 

इलाम क्षेत्र नं. १ मा नेपाली कांग्रेसका निश्कल राईले सूर्योदयन गरपालिका -४ को जनक मावि केन्द्रबाट मतदान गरेका छन् । null

नेकपा एमालेका काजिमान कागतेले सूर्योदय नगरपालिका-८ को सिद्धि आविबाट मतदान गरेका छन् । 

इलाम २ मा नेपाली कांग्रेसका भेषराज आचार्यले इलाम नगरपालिका ११ को महेश्वरा आविबाट मतदान गरेका छन् । null

त्यहाँ नेकपा एमालेका उम्मेद्धार सुहाङ नेम्वाङले इलाम नगरपालिका २ को मरब क्याम्पस ग बाट मतदान गरेका छन् । 

प्रतिनिधिसभा निर्वाचनका लागि इलाममा २ लाख ३१ हजार ८ सय ९ मतदाता रहेका छन् । निर्वाचनका लागि १ लाख १२ हजार १ सय ५८ महिला, १ लाख १९ हजार ६ सय ४८ पुरुष र अन्य ३ को मतदाता नामावली कायम भएको जिल्ला निर्वाचन कार्यालय इलामले जनाएको छ । आगामी निर्वाचनका लागि जिल्लामा १ सय ५० मतदानस्थल र २ सय ९० मतदान केन्द्र छन् । 

गत निर्वाचनमा भन्दा आउँदो निर्वाचनका लागि ५ मतदान केन्द्र थप गरिएको निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्ण लिम्बूले जानकारी दिए । लिम्बूका अनुसार यसपटक सूर्योदय नगरपालिका–१२, करफोक मावि, इलाम नगरपालिका–८ को विद्या सिर्जनात्मक मावि, चुलाचुली २ को जनता मावि, देउमाईको डम्बरदेवी मावि र माइजोगमाई–५ को सिरिसे माविमा १–१ गरी ५ मतदान केन्द्र थप भएको छ । 

इलाम निर्वाचन क्षेत्र नं. १ मा १ लाख १२ हजार ३२० मतदाता रहेका छन् । जसमा पुरुष ५८ हजार ६ सय ७३ र महिला ५३ हजार ६४६ र अन्य १  मतदाता रहेका छन् । निर्वाचन क्षेत्र नं. २ मा १ लाख १९ हजार ४ सय ८९ मतदाता रहेका छन् । जसमा पुरुष ६० हजार ९ सय ७५ र महिला  ५८ हजार ५ सय १२  र अन्य २ मतदाता छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.