महोत्तरीमा स्थगित भएको मतदान पुनः सुचारू
महोत्तरी : दुई पक्षबीच विवाद भएपछि महोत्तरीको बर्दिवासस्थित प्रेमनगर मतदान केन्द्रमा स्थगित मतदान प्रक्रिया सुचारु भएको छ । सो मतदान केन्द्रमा २ घण्टापछि मतदान सुचारु भएको हो ।केही मतदाताले दोहोर्याएर मतदान गर्ने प्रयास गरेपछि विवादको स्थिति सिर्जना भएको थियो ।
साढे १० बजेदेखि स्थगित भएको मतदान प्रक्रिया १२ बजेर ४० मिनेटमा सुचारु भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। विवादका क्रममा वडाध्यक्ष भोरिल यादव तथा नेपाली कम्युनिस्ट पार्टीका कार्यकर्ताहरूबीच झडप हुँदा वडाध्यक्ष यादव सामान्य घाइते समेत भएका थिए ।
प्रतिक्रिया दिनुहोस !