रुपन्देही-५ मा रास्वपाको फराकिलो अग्रता, पछ्याउँदै एमाले
लुम्बिनी : रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार तौफिक अहमद खानले मतगणनामा फराकिलो अग्रता लिएका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार, ३ हजार ३७० मतगणना हुँदा रास्वपाका उम्मेदवार खानले १ हजार ८९३ मत प्राप्त गरेका छन्।
त्यस्तै नेकपा एमालेका खिमलाल भट्टराईले ५७६,नेपाली कांग्रेसका भरतकुमार शाहले ३८५, नेकपाका मुहम्मद वकिल मुसलमानले ६५ मत पाएका छन्। यहाँ एक लाख ३४ हजार ४ सय ४२ मतदाता रहेकोमा ८४ हजार ८ सय ३८ जनाले मतदान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस !