रुपन्देहीको पाँच वटै क्षेत्र ‘क्लिन स्विप’ गर्दै रास्वपा

३ वटामा निर्वाचित, २ वटामा फराकिलो अग्रता

रुपन्देहीको पाँच वटै क्षेत्र ‘क्लिन स्विप’ गर्दै रास्वपा

भैरहवा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देहीको पाँच वटै निर्वाचन क्षेत्र ‘क्लिन स्विप’ गर्ने भएको छ । हालसम्मको क्षेत्रगत रुपमा अन्तिम मतपरिणाम र मतगण्नाका अनुसार रास्वपाले पाँच वटै क्षेत्र आफ्नो पोल्टामा पार्दै ‘क्लिन स्विप’ गर्ने भएको हो । रुपन्देही जिल्लाको निर्वाचन क्षेत्र नम्बर–२ मा रास्वपाका उम्मेदवार सुलभ खरेल, ३ मा डा. लेखजंंग थापा र ४ मा कन्हैया बनियाँ निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार, ५६ हजार ५५० मतका साथ खरेलले आफ्नो निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार विष्णुप्रसाद पौडेललाई पराजित गर्दै खरेल निर्वाचित भएका हुन् । पूर्व अर्थमन्त्री समेत रहेका पौडेलले १२ हजार ८ सय ६१ मत प्राप्त गरे । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद शर्माले ९ हजार ३ सय ९२ मत प्राप्त गरे । १ लाख ३५ हजार ५० मतदाता रहेका यो क्षेत्रमा ८६ हजार ७ सय ३० मत खसेको थियो ।

क्षेत्र नम्बर–३ मा ५८ हजार ८ सय १४ मतका साथ थापा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सुशील गुरुङ्गले ८ हजार ४ सय ३५ मत प्राप्त गरे । नेकपा एमालेका उम्मेदवार वासुदेव घिमिरेले ८ हजार २ सय ७५ र राप्रपाका उम्मेदवार गौरव बोहराले ७ हजार ७ सय ८९ मत प्राप्त गरे भने नेकपाका उम्मेदवार फैज अहमद खानले २ हजार ५ सय ९४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । १ लाख ४० हजार ३५ मतदाता रहेको यो क्षेत्रमा ९४ हजार २ सय ३२ मतदान भएको थियो ।

क्षेत्र नम्बर ४ का निर्वाचन अधिकृत टोपबहादुर बिष्टका अनुसार, २८ हजार ६६ मतका साथ बनिया निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार प्रमोदकुमार यादवले २० हजार २ सय ६२ मत प्राप्त गरे । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार आशुतोष मिश्रा १५ हजार ६ सय १३ मत प्राप्त गरे भने जसपा नेपालका उम्मेदवार सर्वेन्द्रनाथ शुक्लाले ३ हजार चार सय १० मत ल्याउँदै चौथो स्थानमा सीमित भए । कुल १ लाख १६ हजार १७२ मतदाता भएकोमा ७७ हजार ५८ मत खसेको थियो ।

यस्तै क्षेत्र नम्बर १ र ५ मा रास्वपाले आफ्नोे फराकिलो अग्रता कायम राखेको छ । क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवारले सुनिल लम्सालले २९ हजार ७ सय ३० मतका साथ अग्रता लिएका छन् भने हालसम्म नेपाली कांग्रेसका हिराबहादुर खत्री ६ हजार ३ सय ६३ मतका दोस्रो स्थानमा छन् । १ लाख ४६ हजार ८ सय २४ मतदाता रहेको यो क्षेत्रमा ९७ हजार १ सय १८ जनाले मतदान गरेका थिए ।

त्यस्तै क्षेत्र नम्बरमा रास्वपाका उम्मेदवार तौफिक अहमद खानले २७ हजार १५ मतका साथ दौडमा छन् भने हालसम्म एमालेका खिमलाल भट्टराई ८ हजार ९ सय ६१ मतका साथ दोस्रो स्थानमा रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । १ लाख ३४ हजार ४ सय ४२ मतदाता रहेको यस क्षेत्रमा ८४ हजार ८ सय ३८ मत खसेको थियो ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.