पर्सा -२ मा रास्वपाका सुशील कुमार कानु भारी मतान्तरले विजयी
वीरगन्ज : पर्साको निर्वाचन क्षेत्र नम्बर- २ को प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुशील कुमार कानु विजयी भएका छन् । आफ्ना निकटम प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार रिमा कुमारी यादवलाई १८ हजार ९७१ मतान्तरले पराजित गर्दै ३६ वर्षीय कानु प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।
कानु ३० हजार ७२२ मतका साथ निर्वाचित हुँदा एमालेकी यादवले ११ हजार ७५१ मत मात्रै पाइन्। नेपाली कांग्रेसका उम्मेदवार तथा पूर्व कानुन मन्त्री अजय कुमार चौरसिया भने ११ हजार ४९६ मतका साथ तेस्रो स्थानमा सीमित भएका छन्।
कांग्रेसका चौरसिया भने यसअघि पर्सा क्षेत्र नम्बर २ र ३ बाट गरी तीन पटक सांसदमा निर्वाचित भएका थिए । यसपाली उनी सातौं पटक चुनावी मैदानमा उत्रिएका थिए । २०७९ को निर्वाचनमा पर्सा क्षेत्र नम्बर २ मा कांग्रेस उम्मेदवार चौरसियाले जसपा नेपालका उम्मेदवार सुरेन्द्र कुर्मीलाई ५ हजार भन्दा बढी मतान्तरले पराजित गर्दै निर्वाचित भएका थिए ।
प्रतिक्रिया दिनुहोस !