इलाम–१ मा एमालेका कागतेलाई पछ्याउदै निश्कल, मत गणना सुस्त
इलाम : प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत इलाम निर्वाचन क्षेत्र नं. १ मा नेकपा एमालेका काजीमान कागतेले झिनो मतले अग्रता लिएका छन् । उनले २ हजार ८०३ प्राप्त गरेका हुन् ।
नेपाली कांग्रेसका निश्कल राईले २ हजार ५८९ मत प्राप्त गरेका छन । राई र कागतेको मतान्तर २१४ छ । श्रम संस्कृति पार्टीका विनोद नेम्बाङ्गले २ हजार ५४६ मत प्राप्त गरेका छन् । रास्वपाका विमल गदालले १ हजार २४४ मत प्राप्त गरेका छन् । यसैगरी अन्य उम्मेदवारहरूले पनि ९६९ देखि केही ५ सम्म मत प्राप्त गरेका छन् ।
मतगणना अझै जारी छ । अहिले सम्म ११ हजार ८११ मत गणना भएको छ । अहिलेसम्म ८२० मत बदर भएको छ । १ लाख १२ हजार ३२० मतदाता रहेको इलाम क्षेत्र न १ मा ६४ हजार १०४ मत खसेको थियो । अहिलेसम्ममा १७ दशमलब १५ प्रतिशत मत गणना भएको छ । प्रारम्भिक चरणदेखि नै प्रतिष्पर्धा रोचक बनेको इलाम–१ मा मतान्तर निकै कम रहेकाले परिणाम अन्तिमसम्म रोचक रहने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस !