भोजपुरमा श्रम सँस्कृति अगाडि, ध्रुवलाई पछ्याउँदै शेरधन

भोजपुरमा श्रम सँस्कृति अगाडि, ध्रुवलाई पछ्याउँदै शेरधन
सुन्नुहोस्

भोजपुर : प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत भोजपुरमा हालसम्मको मतगणनामा श्रम संस्कृति पार्टीका ध्रुवराज राई अगाडि देखिएका छन् । पछिल्लो प्राप्त मतपरिणाम अनुसार राईले कुल ७ हजार ४ सय ४६ मत प्राप्त गर्दै अन्य दलका प्रतिष्पर्धी भन्दा अघि रहेका छन् ।

अरुण गाउँपालिका, आमचोक गाउँपालिका, टेम्केमैयुङ गाउँपालिका, पौवादुङमा गाउँपालिका र भोजपुर नगरपालिकाको १, २, ३, ४ र ५ को ताजा मतगणना अनुसार एमालेका शेरधन राई ६ हजार ३ सय २८ मत ल्याएर ध्रुवराजलाई पछ्याईरहेका छन् । 

त्यस्तै कांग्रेसका बालकृष्ण थापा ३ हजार ६ सय ९८ मत, नेकपाका अजम्बर राई काङमाङ ३ हजार १ सय ८७ मत र रास्वपाका रमेश ओझा २ हजार ८ सय १८ मतसहित क्रमशः तेस्रो, चौंथो र पाँचौ स्थानमा पछ्याईरहेका छन् ।

यस्तै राष्ट्रिय परिवर्तन पार्टीका जितेन्द्र राईले २ सय ६२ मत, जसपाका गोपालकुमार राईले एक सय १३ मत, मंगोल नेशनलका चन्द्रप्रसाद राईले एक सय चार मत, नेकपा (माओवादी) का देवानराज राईले ९२ मत, राप्रपाका जनक नेपालले ८८ मत, नेमकिपाका राजाराम बासीले २५ मत, आम जनता पार्टीका युवराज थापाले ११ मत प्राप्त गरेका छन् ।

सदरमुकामस्थित भोजपुर नगरपालिकाको हलमा जारी मतगणनाको अन्तिम परिणाम आउन अझै केही समय लाग्ने मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधिश नारायणप्रसाद दाहालले जानकारी दिए । पछिल्लो मतगणना परिणामअनुसार भोजपुरमा श्रम संस्कृतिका ध्रुव र एमालेका शेरधनबीचको चुनावी प्रतिष्पर्धा रोचक बनेको छ । 

संसदीय निर्वाचनका लागि भोजपुरमा यस पटक कुल ४५.२५ प्रतिशत मात्र मतदान भएको थियो । जसमा कुल एक लाख २५ हजार ७ सय ६६ मतदातामध्ये ५८ हजार १ सय ६७ मत मात्र खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय भोजपुरले जनाएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.