सङ्खुवासभामा एमालेको अग्रता कायमै
सङ्खुवासभा : प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार डा.अर्जुन कार्कीको निरन्तर अग्रता रहेको छ । ३९ हजार २४३ सदर मत मध्ये एमालेका कार्कीले १० हजार ८३२ पाएका छन् । रास्वपाका उम्मेदवार मिङ्मा शेर्पाले नौ हजार ९६७ मत ल्याएर कार्कीलाई पछ्याइ रहेका छन् ।
कार्की र शेर्पाको मतान्तर ८६५ रहेको छ । सुरु देखिनै एमालेका कार्कीको अग्रता कायनै छ। गणना भएको ४१ हजार ७४५ मत मध्ये दुई हजार ५०२ मत बदर बदर भएको छ। नेपाली कांग्रेसका दिपनकुमार श्रेष्ठ ८ हजार १७२ मत ल्याएर रास्वपाका शेर्पालाई पछ्याइ रहेका छन् । त्यस्तै श्रम संस्कृति पार्टीकी उमाकुमारी राईले ६ हजार ५८७ मत पाएकीछन्।
जिल्लाको १० स्थानिय तह मध्ये मादि नगरपालिका, धर्मदेवि नगरपालिका, चैनपुर नगरपालिका, पाँचखपन नगरपालिकाको मतगणा सकिएको छ। त्यसैगरी सिलिचोङ गाउँपालिका, मकालु गाउँपालिका, भोटखोला गाउँपालिकाको मतगणना सकिएको छ।
सभापोखरी गाउँपालिकाको मतगणना जारी छ भने खाँदबारी नगरपालिका र चिचिला गाउँपालिकाको मत गन्न बाँकी छ। शनिबार दिउँसो १ बजे बाट सुरुभएको थियो । अझै ४१ हजार ८८९ मत गन्न बाँकी छ।
प्रतिक्रिया दिनुहोस !