सुन-चाँदीको मूल्य बढ्यो, के छ बजार भाउ ?
काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सोमबारको तुलनामा सुन तोलामा ३ हजार ८०० र चाँदी प्रतितोला ३१० रुपैयाँले वृद्धि भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार कायम भएको छ ।
यस्तै एक तोला चाँदीको मूल्य ४ हजार ७२० पुगेको छ। यसअघि सोमबार एक तोला सुन ३ लाख १३ हजार २०० र त्यति नै परिमाणको चाँदी ५ हजार ४१० मा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस !