एन्फाको निर्वाचन स्थगित गर्न राखेपको निर्देशन
काठमाडौं : चैत १३ गते हुने भनिएको एन्फाको साधारण सभा स्थगित गर्न राष्ट्रिय खेलकुद परिषद (राखेप)ले निर्देशन दिएको छ।
राखेपले बिहीबार एन्फालाई पत्राचार गर्दै केन्द्रीय साधारण सभा तत्काल स्थगित गरी ३ दिनभित्रमा राखेपलाई लिखित जानकारी पठाउन राखेपले निर्देशन दिएको हो।
राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को नियम ७ को (ग) को अनुसार राखेपको मातहतमा रहेको संघको साधारण सभा तथा निर्वाचनले परिषदको मान्यता नपाउने उल्लेख गर्दै पत्राचार गरेको हो। खेलकुद ऐन २०७७ को दफा २९ को १ बमोजिम राखेपबाट साधारण सभा स्थगित गर्न दिइएको निर्देशनको ३ दिनभित्र जानकारी पठाउन राखेपले एन्फालाई पत्रमा उल्लेख गरेको छ।
यदि एन्फाले यस्तो नगरेको खण्डमा खेलकुद विकास ऐन २०७७ बमोजिम प्रचलित कानुन बमोजिम भइ जाने व्योहोरा समेत राखेपले पत्रमा उल्लेख गरेको छ।
प्रतिक्रिया दिनुहोस !