जलवायु प्रभाव

‘२७ मिटर हिउँ हरायो’

‘२७ मिटर हिउँ हरायो’

काठमाडौं : अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसीमोड)ले सन् २००० पछि हिन्दुकुश हिमालय क्षेत्रमा हिउँ पग्लिने दर दोब्बर भएको जनाएको छ। त्यसैगरी, सन् १९७५ देखि हालसम्म करिब २७ मिटर बरफ हिमनदीहरूले गुमाएको ईसीमोडको अध्ययनले देखाएको छ। साना हिमनदीहरू अझै तीव्र गतिमा खुम्चिएको पनि बताएको छ।

२१ मार्चमा ‘विश्व हिमनदी दिवस’का अवसरमा सार्वजनिक गरेको ‘चेन्जिङ डाइनामिक अफ ग्लेसियर इन द हिन्दुकुश हिमालय रिजन फ्रम १९९० टु २०२०’ र ‘हिन्दुकुश हिमालय ल्गेसियर आउटलुक २०२६’ दुईवटा महत्वपूर्ण रिपोर्ट सार्वजनिक गर्दै यस्तो बताएको हो। यी प्रतिवेदनहरूले हिमताल विस्फोटन तथा पानीको अभावको जोखिम बढाउने पनि औंल्याएका छन्।

ईसीमोडमा कार्यरत वरिष्ठ क्रायस्फायर विषेशज्ञ मोहम्मद फारुक आजमले हिन्दुकुश हिमालय क्षेत्रमा सन् १९७५ पछि मात्रै २७ मिटर हिउँ नास भएको उल्लेख गरेका छन्। ‘हिमालका ठूला हिस्सा कालो धब्बा देखिएका छन्। अझै पनि हिमालयका धेरै भाग अनुगमनको पहुँचभित्र छैनन्।’ आजमले भनेका छन्, ‘हाल पर्वतीय प्रणालीमा देखिएका नतिजालाई जोखिमका प्रारम्भिक चेतावनीको सूचक मान्न सकिन्छ।’ आजम भन्छन्, ‘हिमालमा देखिएका शीघ्र परीवर्तनका जोखिम र यसका प्रभावहरू पत्ता लगाउन अनुसन्धान र अनुगमनलाई अझै विस्तार गरेर मापन गरिनुपर्छ।

नेपालमा विभिन्न हिमाली क्षेत्रमा अवस्थित पोक्याल्ड, मेरा, रिका साम्बा, पश्चिम चांग्री नुप, यालालगायत हिमनदीमा १० वर्ष लगाएर गरिएको अध्ययनले सन् २००० देखि हिउँ पग्लिने दर दोब्बरले भइरहेको देखाएको पनि उल्लेख छ। मेरा र रिका हिमनदीमा मोनिटरिङका काम निरन्तर भइरहेका छन्।

हिमालमा हिउँ हराउँदै जाने समस्याले जलप्रवाहमा अनिश्चितता हुने, हिमनदीजन्य विपद्का अनेकौं खतरा देखिने आजम बताउँछन्। जसलाई सम्बोधन गर्न दीर्घकालीन जलवायु प्रभाव मूल्याकन हुनुपर्ने, यस क्षेत्रमा रहेको कमजोर बुझाइले अझ क्षति पुग्न सक्ने भएकाले अनुकूलनका कामहरूमा जोड दिनुपर्ने सुझाव दिएका छन्।

आगामी दिनका लागि विपद्जन्य मूल्यांकन सुधार गरेर जलविज्ञानसम्बन्धी उचित खालका आँकलन आवश्यक रहेको पनि जनाएका छन्।
ईसीमोडका रिमोट सेन्सिङ विश्लेषक तथा हिन्दुकुश हिमालय ल्गेसियर आउटलुक २०२६ का अध्येता सुदनविक्रम महर्जनले लाङटाङमा रहेको याला हिमनदीको ६६ प्रतिशत (७८४) मिटर हिस्सा हराएको बताएका छन्। महर्जन भन्छन्, ‘हिन्दुकुश हिमालयबाट प्रवाह हुने पानीको स्रोतबाट २४० मिलियन मानिसको जनजीवन सिञ्चित छ। 

साथै १.९५ बिलियन मानिस यस क्षेत्रको खाद्यान्न, ऊर्जा र जलस्रोतमा निर्भर छन्। साथै विश्वको ३० प्रतिशत मानिस अप्रत्यक्ष रूपमा हिन्दुकुश हिमालय क्षेत्रको स्रोतबाट लाभान्भित भइरहेका छन्।’ अध्ययनका क्रममा कतिपय हिमताल तथा हिमनदीका आकार ठूला भएका तथा कतिपयको खुम्चिएका र साना भएको महर्जनले उल्लेख गरेका छन्। कतिपय हिमतालहरू खण्डीकृत हुनुका साथै हराएर पनि गएका छन्।

‘सबैभन्दा धेरै समस्या साना साना हिमनदीहरूमा रहेको छ। सन् १९९० देखि २०२० को अवधिमा हिन्दुकुश हिमालयका झन्डै १२ प्रतिशत ससाना हिमताल, हिमनदी हराएका तथा खुम्चिएका छन्’ महर्जनका थपे ‘जस कारण हिमाली क्षेत्रका बासिन्दाले पानीको अभावको भोग्नेछन्। हीमनदी तथा हीमताल बाट हुने जोखिम तीव्र रूपमा बढीरहेको छ।’

ईसीमोडका महानिर्देशक पेमा ग्याम्त्सोले यस शताब्दीमा हिउँ पग्लिने दर दोब्बर हुनु भनेको सबैका लागि सतर्क बन्न चेतावनीका रूपमा बुझिएको बताए। उनले भने, ‘यो संकट कुनै टाढाको विषय नभई अहिलेकै समयमा देखिएको समस्या हो। हिउँ पग्लिने दर दोब्बर भएको यथार्थले स्तब्ध बनाएको छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.