कार्की आयोगको प्रतिवेदन प्रथम दृष्टिमै अस्पष्ट र अपूर्ण : कांग्रेस
काठमाडौं : नेपाली कांग्रेसले भ्रष्टाचारसम्बन्धी विभिन्न प्रकरणको छानबिनलाई पहिलो प्राथमिकता दिएर अघि बढाउन नयाँ सरकारलाई सुझाव दिएको छ।
बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता देवराज चालिसेले मुलुकमा सुशासन कायम गर्नका लागि विभिन्न भ्रष्टाचार प्रकरणको छानबिनलाई पहिलो प्राथमिकता दिएर अघि बढाउन नयाँ सरकारलाई सुझाव दिए।
राजनीतिक बहस, पार्टीसँग जोड्ने र जनमत प्रभावित पार्ने विषय बनाउन नहुने उनले बताए। प्रवक्ता चालिसेले संसदमा कांग्रेसले प्रभावकारी भूमिका निर्वाह गर्ने जानकारी दिँदै पार्टीको संशोधित विधानले सांसदहरुको प्रस्तुती र कार्यमूल्यांकन गर्ने विधि अपनाएकाले त्यसअनुसार अघि बढ्ने उल्लेख गरे। त्यस्तै उनले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन प्रथम दृष्टिमा नै अस्पष्ट र अपूर्ण देखिएको बताए।
कार्की आयोग र मानवअधिकार आयोगको प्रतिवेदन पार्टीले अध्ययन गरे पनि विस्तृत धारणा सार्वजनिक हुने उनको भनाइ छ। प्रवक्ता चालिसेले पार्टी महाधिवेशनमा होमिसकेकाले कुनै पक्ष विपक्षभन्दा पनि पार्टीलाई एकढिक्का बनाएर अघि बढ्नुपर्ने बताए। उनले पार्टीभित्र केही मत मतान्तर भए पनि आन्तरिक लोकतन्त्र नै पार्टीको सबैभन्दा ठूलो शक्ति भएको बताए।
प्रतिक्रिया दिनुहोस !