पूर्वगृहमन्त्री लेखकले भने : प्रतिशोध र पूर्वाग्रही ढंगले पक्राउ गरियो

पूर्वगृहमन्त्री लेखकले भने : प्रतिशोध र पूर्वाग्रही ढंगले पक्राउ गरियो
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : पूर्वगृहमन्त्री रमेश लेखकले राजनीतिक प्रतिशोध र पूर्वाग्रही ढंगले आफूलाई पक्राउ गरिएको बताएका छन्। आज बिहान भक्तपुरको कटुन्जेस्थित निवासबाट प्रहरीले पक्राउ गरेपछि उनले राजनीति र कानुनी लडाइँ लड्ने बताएका हुन्। 

उनले भने, 'राजनीतिक पूर्वाग्रह र प्रतिशोध पूर्ण ढंगले मलाई पक्राउ गरेको छ। यसको राजनीतिक र कानुनी लडाइँ लड्न तयार  छु।' 

मन्त्रिपरिषदको निर्णयबाट मान्छे पक्राउ गर्ने अभ्यास थालेर कानुनको मजाक उडाइएको लेखकले बताए। 'क्याविनेटबाट निर्णय गरेर पक्राउ गरिएको छ। यस्तो कहिले हुँदैन संसारमा' उनले भने।

यता गृहमन्त्री सुधन गुरुङले शनिबार बिहानै प्रहरीले पूर्वप्रधानमन्त्री र पूर्व गृहमन्त्री लेखकलाई  नियन्त्रणमा लिएको जानकारी दिए। उनले  कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात भएको प्रतिक्र‍िया दिए। ‘PROMISE IS A PROMISE :  कानुनभन्दा माथि कोही छैन। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ। यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो।’ उनले भने ‘मलाई विश्वास छ, अब देशले नयाँ दिशा लिनेछ।’

सरकारले भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो। सिंहदरबारमा शुक्रबार बसेको प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोगले सिफारिस गरेको विषयहरू कार्यान्वयन गर्ने निर्णय गरेको हो। सोही अनुसार पक्राउ गरिएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.