मत्ता हात्तीको आक्रमणबाट माउतेको मृत्यु

मत्ता हात्तीको आक्रमणबाट माउतेको मृत्यु
सुन्नुहोस्

गुलरिया : बर्दिया राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेको हात्तीको आक्रमणमा परी माउतेको मृत्यु भएको छ। चराएर हात्तीलाई नुहाएपछि फर्किने क्रममा सोही हात्तीले आक्रमण गरेपछि ४० वर्षीय हात्तीका माउते गंगाराम थारुको मृत्यु भएको हो।

निकुञ्जकै हात्तीको आक्रमणमा परी हात्ती चलाउने माउतेको मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डाक्टर अशोक कुमार रामले पुष्टि गरे। हात्तीको मनोविज्ञान जटिल हुने गरेको उनको भनाइ । 

निकुञ्जको हात्तीसारमा करिव ८/१० वर्षदेखि माउतेको करार दरबन्दीमा काम गर्दै आइरहेका थारूलाई निकुञ्जको गेरुवा नदी तटीय क्षेत्रमा हात्ती चराएर नुहाइदिएपछि फर्किने क्रममा आक्रमण गरेको बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष हेमन्त आचार्यले बताए। 

गेरुवा गाउँपालिका-६ र मधुवन नगरपालिका-१ को बीचमा पर्ने वन क्षेत्रमा माउते थारूलाई आफैंले रेखदेख गर्ने भाले हात्ती कुमारगजले आक्रमण गरेको उनको भनाइ छ। केही वर्षअघि पनि निकुञ्जभित्र आफ्नै हात्तीलाई घाँस काट्ने क्रममा माउतेलाई मारेको थियो। 

हात्ती चराएर नुहाएपछि फर्किने क्रममा हात्तीले माउतेलाई आक्रमण गरेको अनुमान गर्न सकिने घटनास्थल पुगेका चोरी शिकार नियन्त्रण युवा परिचालन अभियान ठाकुरबाबा समितिका अध्यक्ष लिला ढकालले बताए। 

करिब २३ वर्षको भाले हात्ती भएकाले मात चढेर आफ्नै माउतेलाई आक्रमण गरेको उनको भनाइ छ। हात्तीको आक्रमणबाट माउतेको शरीर क्षत विक्षत छ। टाउको मात्र चिनिने अवस्थामा छ। आक्रमण पछि हात्ती भागेको थियो। खोजतलासपश्चात हात्ती भेटिएपछि डार्ट (लठ्याएर)मार्फत नियन्त्रणमा लिइएको उनले बताए। हात्ती लठिएपछि हात्तीसार पुर्याउने योजना उनले सुनाए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.