नेपालमा टेलिभिजन कार्यक्रमको सुरुवात गरेर ख्याति कमाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जस्तै इटालीमा १९७० तिर एकजना गजबका व्यक्ति थिए।
स्ट्यान्ड–अप कमेडियन, टिभी शो सुरु गर्दा उनलाई आफू यति पपुलर हुन्छु भन्ने कुरा कल्पनासमेत गरेका थिएनन्। आफ्नो टिभी शोमार्फत उनले सरकार र आफ्ना नेताहरूको कमेडियन शैलीमा मजाक उडाउँथे। यो काममा उनी माहिर थिए। हरेक दिन, हरेक साता, हरेक महिना र हरेक वर्ष उनी पपुलरको भर्याङ चढ्दै गए। सन् १९९३ को एउटा उनको ‘लाइभ प्रसारण’ मा १ करोड ५० लाखभन्दा बढी मान्छे जोडिएपछि उनी सरकारको नजरमा परे, किनभने त्यो बेला १ करोड ५० लाखको संख्या धेरै ठूलो मानिन्थ्यो। त्यसपछि इटालीको तत्कालीन सरकारले उनीमाथि प्रतिबन्ध लगायो। त्यसपछि उनी ‘मेनस्ट्रिम’ टिभीहरूमा देखिन छाडे। यो कुराले इटालीका जनताहरू सरकारसँग रुष्ट भए। र, ती मान्छेहरू ती व्यक्ति अर्थात् बेप्पे ग्रिलोको ब्लग र उनको वेबसाइट बेप्पेग्रिलो डट आईटीमा जोडिन थाले।
अचम्मको कुरा उनले त्यतिबेला के गरे भने– आफ्नो ब्लगमार्फत डोनेसन स्वरूप आएको पैसाले इटालियन अखबारलाई पैसा तिरेर विज्ञापनहरू छाप्न थाले। उनका विज्ञापनमा भ्रष्टाचारको विरोध गरिएको हुन्थ्यो। उनले विज्ञापनमा ठूलाठूला घोटालाहरूका बारेमा छापेका हुन्थे। एकपटक उनले वित्तीय घोटालाको बारेमा छापे, जसमा बैंक अफ इटालीका गभर्नरको राजीनामा आह्वान गरिएको थियो।
यो कामले उनलाई चर्चाको शिखरमा पुर्याइदियो। २००८ मा ‘द गार्जियन’ ले बेप्पे ग्रिलोलाई विश्वकै सबैभन्दा प्रभावशाली व्यक्तिको सूचीमा समावेश गरिदियो। त्यसपछि झन् केही इटालियनहरूले भन्न थाले बेप्पे ग्रिलो कमेडियन र एक्टर मात्र नभई अब उनले देशलाई डोहोर्याउने क्षमता राख्छन्।
तर २०१० मा ‘फाइभ स्टार मुभमेन्ट’ बाट राजनीतिमा घेरेका उनको पार्टीले चुनावमा अपार सफलता प्राप्त गरेर सरकारमा पुग्यो। सरकारमा पुगेपछि उनको लोकप्रियता घट्दै गयो। उनी आफू सरकारमा नगए पनि पार्टीलाई लोकप्रिय बनाउन सकेनन्।
पार्टीभित्र अनुभव नभएका व्यक्तिहरू हुनु र तिनीहरूको निर्णयले दक्षतामा कमी भएपछि पार्टीभित्र मतभेद बढ्दै गयो। जनता निराश हुन थाले। बेप्पे ग्रिलोले भयानक मुभमेन्ट चलाए तर संगठन बनाउन सकेनन्। र, इटालीको राजनीतिमा उनी पाइन नभएको भुत्ते खुकुरीको धारजस्तै भए। विश्वमा भएका यस्ता घटनाहरू हेर्दा हाल जनप्रिय मत प्राप्त गरेर सत्ताको बागडोर सम्हाल्ने जिम्मा पाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सजग बनाउँदै लगोस्।
अब कुरा गरौं एल साल्भाडोरको। १९८१ मा जन्मिएका नायब अरमान्डो बुकेली, पछिल्लो पटक १९१५ मा सन साल्भाडोरको मेयर हुँदै १९१९ मा एल साल्भाडोरको प्रेसिडेन्ट बने। चुनावको क्याम्पेनमा डिजिटल मार्केटिङ गरेर थप आम्दानी कमाएका नायव बुकेलीले सोसल मिडियाले कसरी राजनीतिमा असर गर्छ भन्ने कुरा बुझेपछि राजनीतिमा छिरेर मेयर हुँदै एल साल्भाडोरको राष्ट्रपति भए।
सन् १९१८ मा आफू राष्ट्रपति हुनुपूर्व एल साल्भाडोरले ताइवानसँग सम्बन्ध तोडेर चाइनासँग हात बढाएपछि उसले अमेरिकासँग मिलेर चीनको विरोध गर्यो। चीनले ल्याटिन अमेरिकी देशहरूमा हस्तक्षेप गर्दैछ भन्यो। तर, चुनाव जितेपछि आफ्नै उपराष्ट्रपतिमार्फत फेरि ताइवानसँग सम्बन्ध नगाँस्ने भन्दै सी जिनपिङलाई चीनमा गएर भेट्यो। राष्ट्रिय रंगशाला र राष्ट्रिय पुस्तकालय बनाउन बजेट ल्याएर फेरि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेटेर ‘म एल साल्भाडोरका ग्याङहरूलाई र तिनीहरूले बनाएका ड्रग्स बेच्ने धन्दाहरूलाई चौपट पारिदिन्छु तर मेरो देशका जनताहरू जो अमेरिका छिर्न खोज्छन्, उनीहरूलाई सुरक्षित रहन दिनुहोस्’ भनेर बोल्न सक्ने नइब बुकेली ल्याटिन अमेरिकाभरि पपुलर छन्।
बिटकोइनलाई कानुनी मुद्रा बनाऊ, गुण्डा अपराध गर्नेलाई जेलमा पर्नु र न्यायालय र मिडियालाई आफू अनुकूल चलाउने काम गर्नु जस्ता कारणले नायब बुकेले आलोचित छन्। राजनीतिक पृष्ठभूमिबाट नआएकोले उनको नेतृत्व डगमगाइरहेको छ। पूरै ल्याटिन अमेरिकामा लोकप्रिय भएका युवा नेता विचार धाराको राजनीतिबाट बाहिरिन थालेको छ। त्यसैले पपुलर भएर विजय प्राप्त गर्न जति सजिलो छ, त्यो भन्दा सयौं गुणा गाह्रो छ– सिस्टम बसाल्न।
प्रतिक्रिया दिनुहोस !