प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.६० अंकले घट्यो
काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ४ अंकले घटेको छ। नेप्से परिसूचक ३.६० अंकले घटेर २७७८.५८ विन्दुमा पुगेको छ।
प्री ओपन सेसनमा ७५ वटा स्क्रिप्सको २८ हजार २३१ कित्ता सेयर १ करोड ५७ लाख ४२ हजार ५६९ रुपैयाँमा खरिदबिक्री भए।
कारोबारमा आएकामध्ये २५ वटा स्टक्सको मूल्य बढ्दा ३७ वटाको घट्यो। बाँकी १२ वटाको मूल्य यो समयमा स्थिर रह्यो।
प्रतिक्रिया दिनुहोस !