इरानलाई एकै रातमा ध्वस्त पार्न सक्ने ट्रम्पको चेतावनी

इरानलाई एकै रातमा ध्वस्त पार्न सक्ने ट्रम्पको चेतावनी

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई एकै रातमा ध्वस्त पार्न सकिने धम्की दिएका छन्। उनले अमेरिकासँगको सम्झौतामा ढिलाइ नगर्न चेतावनी समेत दिएका हुन्। ट्रम्पले यदि इरानले दिएको समयसीमा भन्दा पहिले अमेरिकासँग सम्झौता गर्न असफल भयो भने आक्रमण मंगलबार राति पनि हुनसक्ने चेतावनी दिएका छन्। 

ट्रम्पको सम्झौता अनुसार इरानले विश्वको २०% तेल आपूर्ति ढुवानी गर्ने होर्मुजको जलडमरूम खोल्नुपर्नेछ। ट्रम्पको समयसीमा मंगलबार वाशिंगटन डीसीको समय अनुसार बेलुका ८ बजे (बुधबार भारतीय समय अनुसार बिहान ५:३० बजे) समाप्त हुँदैछ।

ह्वाइट हाउसमा बोल्दै ट्रम्पले इरानका वर्तमान नेताहरूले 'सद्भावना' का साथ वार्ता गरिरहेका छन् भन्ने विश्वास गरे पनि नतिजा अनिश्चित रहेको बताएका छन् ।

यसैबीच,इरानले अस्थायी युद्धविरामको प्रस्ताव अस्वीकार गरेको छ। बरु द्वन्द्वको स्थायी अन्त्य र प्रतिबन्ध हटाउन माग गरेको छ।

गत हप्ता मात्र,अमेरिकी सुरक्षा बलले दक्षिणी इरानमा खसालिएको F-१५ लडाकु विमानका दुई चालक दलका सदस्यहरूलाई सफलतापूर्वक उद्धार गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.