इरानसँगको युद्धविराममा इजरायलको सहमति, लेबनानमा आक्रमण जारी रहने दाबी

इरानसँगको युद्धविराममा इजरायलको सहमति, लेबनानमा आक्रमण जारी रहने दाबी
सुन्नुहोस्

जेरुसेलम :  इजरायलले अमेरिका र इरानबीच भएको युद्धविरामको निर्णयलाई स्वीकार गर्ने घोषणा गरेको छ। यद्यपि, इजरायलले लेबनानको हकमा भने यो युद्धविराम लागू नहुने स्पष्ट पारेको छ।

इजरायलले आफ्नो आधिकारिक विज्ञप्ति जारी गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयलाई समर्थन जनाएको हो। विज्ञप्तिमा भनिएको छ, 'हामी राष्ट्रपति ट्रम्पको इरानमाथिको हमला दुई हप्ताका लागि रोक्ने निर्णयको समर्थन गर्दछौँ। तर, यसका लागि इरानले तत्काल 'होर्मुज स्ट्रेट' खोल्नुपर्नेछ र अमेरिका, इजरायल लगायत अन्य देशहरूमाथि भइरहेका आक्रमणहरू बन्द गर्नुपर्नेछ।'

इजरायलले इरानलाई परमाणु हतियार, मिसाइल वा आतंकको खतरा बन्न नदिने अमेरिकी प्रतिबद्धतालाई पनि स्वागत गरेको छ। इजरायली पक्षका अनुसार, इरान अब अमेरिका, इजरायल, अरब छिमेकीहरू र विश्वकै लागि सुरक्षा चुनौती बन्नु हुँदैन भन्ने पक्षमा दृढ देखिएकाे छ। 

विज्ञप्तिमा अगाडि भनिएको छ, 'अमेरिकाले यी लक्ष्यहरू हासिल गर्न आफू प्रतिबद्ध रहेको इजरायललाई आश्वस्त पारेको छ। आउँदा दिनहरूमा हुने वार्ताका क्रममा अमेरिकाले यी रणनीतिहरू हामी र हाम्रा क्षेत्रीय सहयोगीहरूसँग साझा गर्नेछ।'

यसअघि पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले सामाजिक सञ्जाल 'एक्स' मार्फत लेबनानमा पनि युद्धविराम लागू हुने उल्लेख गरेका थिए। तर, इजरायलले उक्त दाबीलाई खारेज गर्दै लेबनानमा जारी सैन्य कारबाही नरोकिने प्रष्ट पारेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.