गृहमन्त्री गुरुङ र जापानी राजदूतबीच भेटवार्ता

गृहमन्त्री गुरुङ र जापानी राजदूतबीच भेटवार्ता

काठमाडौं : गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जापानी राजदूत मायदा तोरुबीच भेटवार्ता भएको छ। गृह मन्त्रालयमा बुधबार भएको भेटमा उनीहरूबीच दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको हो।

भेटमा जापानी राजदूतले गृहमन्त्री गुरुङलाई पदभार ग्रहणको बधाइ दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। जापान सरकारले नेपालमा आर्थिक-सामाजिक विकासका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा समेत सहकार्यलाई विस्तार गर्ने उनले प्रतिबद्धता व्यक्त गरे।

छलफलका क्रममा गृहमन्त्री गुरुङले निर्माणाधीन नागढुंगा-सुरुङ मार्गलगायत विभिन्न पूर्वाधार तथा विकास आयोजनाको प्रगतिबारे चासो व्यक्त गरेका थिए। यस्ता परियोजनाले नेपालको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने उनको भनाइ छ।

त्यस्तै विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका क्षेत्रमा नेपाल-जापानबीच थप प्राविधिक सहकार्य, क्षमता अभिवृद्धि तथा अनुभव आदानप्रदान आवश्यक रहेकोमा दुवै पक्षले जोड दिएका थिए। नेपालमा विपद् व्यवस्थापनसम्बन्धी अध्ययन तथा अनुसन्धानका लागि विश्वविद्यालय स्थापना र प्राविधिक सहयोगको आवश्यकता रहेको विषय पनि उठाइएको थियो।

गृहमन्त्री गुरुङले जापानमा शिक्षा, रोजगारी तथा अन्य क्षेत्रमा अवसर प्राप्त गरेका नेपाली नागरिकप्रति जापानी सरकारको सकारात्मक नीतिको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरे। जवाफमा राजदूत तोरुले नेपालीहरू जापानी समाजमा सहजरूपमा समाहित भई विभिन्न क्षेत्रमा योगदान पुर्‍याइरहेको उल्लेख गर्दै आप्रवासन सहकार्यलाई अझ व्यवस्थित र सुदृढ बनाउने प्रतिबद्धता जनाएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.