अमेरिकासँग सम्झौता सम्भव छ ? इरानी भन्छन्, ‘सबै कुरा भगवानकै हातमा छ’
इरान : उत्तरपश्चिमी इरानका मैदानहरूमा, हिउँले ढाकिएका पहाडी शृंखलाहरूको छेउमा वसन्तले बदामका रुखहरूलाई फुलाउँदै छ । यसैबीच युद्धविरामले सडकहरूमा फेरि मानिसहरुको चहलपहल बढाएको छ । धेरै इरानीहरू आफ्नै देश फर्किरहेका छन् ।
‘म एक महिनासम्म छोरासँग टर्कीमा बसें’, एक वृद्ध बैंकरले टर्कीको सीमा नजिकको प्रस्थान कक्षमा भनिन् । त्यहाँ ढिलो भएको हिमपातले तापक्रम निकै घटाएको थियो । ‘म बस्ने उत्तरी शहरमा इजरायल र अमेरिकाका हवाई आक्रमणहरू मुख्यतः सैन्य लक्ष्यमा केन्द्रित थिए । घर र नागरिक संरचनामा होइन’, उनले पाँच हप्ताको भीषण युद्धबारे आफ्नो अनुभव सुनाइन् । अहिले दुई हप्ताको युद्धविराम छ, जसको अन्त्य अब एक हप्तामा हुँदैछ ।
‘म अलि डराएकी छु’, टाउकोमा स्कार्फ बाँधेकी वृद्ध महिलाले चिन्तित हुँदै भनिन् । उनले युवाहरूले भोगेको पीडाबारे दुःख व्यक्त गरिन् । उनले घना आवासीय क्षेत्रमा खसेका गोला–बारुददेखि सडकमा गस्ती गर्ने इरानको बसिज अर्धसैनिक समूहका धम्कीहरूसम्मका बेलिबिस्तार सुनाइन् ।
अर्का एक पुरुषले भने, ‘ट्रम्पले कहिल्यै इरानलाई एक्लै छोड्दैन; उसले हामीलाई निल्न चाहन्छ !’ विमानस्थलहरू अझै बन्द छन् । राजधानी पुग्ने एक मात्र विकल्प सडक हो । हरेक पुलतर्फ नजर जान्छ, जुन वसन्तको घाममा चम्किरहेका छन् । ट्रम्पले भनेका थिए, ‘हामी एक घण्टामै उनीहरूको सबै पुलहरू ध्वस्त पार्न सक्छौं, तर हामी त्यसो गर्न चाहँदैनौं ।’
१२ घण्टाको यात्रामा सवारी साधनहरूलाई मुख्य पुल भत्किएपछि घुमाउरो ग्रामीण सडक प्रयोग गर्नुपरेको छ । तब्रिज र तेहरान जोड्ने मुख्य पुल गत साता मिसाइल प्रहारपछि भत्किएको थियो । नागरिक संरचनामा गरिएको आक्रमणको अन्तर्राष्ट्रिय कानुनविद्हरूले आलोचना गरेका छन् । जसले यसलाई अन्तर्राष्ट्रिय मानवीय कानुन उल्लंघन र सम्भावित युद्ध अपराध भनेका छन् । अमेरिका र इजरायलले भने आफूहरूले केवल सैन्य लक्ष्यमा मात्र आक्रमण गरेको दाबी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस !