छैटौं रारा ट्रेल रन वैशाख ३० गते

छैटौं रारा ट्रेल रन वैशाख ३० गते
सुन्नुहोस्

मुगु :   रारा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले प्रत्येक वर्ष आयोजना गर्दै आएको ‘रारा ट्रेल रन’ प्रतियोगिता यस वर्ष वैशाख ३० गते सञ्चालन हुने भएको छ। शुक्रबार जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा हनुमान ध्वज गुल्मले प्रतियोगिताको तयारीबारे सरोकारवाला निकायलाई जानकारी गराउँदै छैटौं संस्करणको ट्रेल रन बैशाख ३० गते बिहान १० बजेदेखि सुरु हुने जनाएको हो। 

पाँच वर्षअघि सुरु गरिएको यो प्रतियोगिता कर्णाली प्रदेशमा खेलकुद गतिविधिको विस्तार, स्थानीय युवालाई खेलतर्फ आकर्षित गर्ने, नयाँ प्रतिभाको पहिचान गर्ने तथा राराको पर्यटन प्रवद्र्धनमा योगदान पुर्‍याउने उद्देश्यले सञ्चालन हुँदै आएको छ। साथै यसले स्थानीय समुदाय र नेपाली सेनाबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।

प्रतियोगिता रारा ताल वरिपरि १६ किलोमिटर दूरीमा सञ्चालन गरिनेछ। यसमा १८ देखि ४५ वर्ष उमेर समूहका ५० जना महिला र २ सय जना पुरुष सहभागी हुनेछन्। त्यस्तै १० देखि ६० वर्ष उमेर समूहका लागि ५ किलोमिटर ‘रन फर फन’ प्रतियोगिता पनि आयोजना गरिनेछ।

प्रतियोगितामा सहभागी हुन आउने खेलाडीहरूको एक रातको बसोबास र खानपानको व्यवस्था रारास्थित होटल व्यवसायीहरूले गर्ने जनाइएको छ। नाम दर्ता बैशाख १५ देखि २९ गतेसम्म हनुमान ध्वज गुल्म, हुटुमा गरिनेछ भने सहभागीहरूको स्वास्थ्य परीक्षण वैशाख २९ र ३० गते बिहानसम्म सञ्चालन गरिनेछ।

कार्यक्रमका अवसरमा नेपाली सेनाले फोटो प्रदर्शनी, खुकुरी नृत्य तथा स्थानीय संस्कृति झल्काउने विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गर्ने हनुमान ध्वज गुल्मका सेनानी खड्गबहादुर श्रेष्ठले जानकारी दिएका छन्।

प्रतियोगिताको कुल अनुमानित खर्च ७ लाख ५० हजार रुपैयाँ रहेको छ। प्रतियोगितामा प्रथम हुनेले ५० हजार, द्वितीयले ३० हजार र तृतीयले २० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र  प्राप्त गर्नेछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.