अदालतको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष, तर मतभेद कायमै

अदालतको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष, तर मतभेद कायमै
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापा नेतृत्वको कार्यसमितिलाई अधिकारिकता प्रदान गर्ने सर्वोच्च अदालतको फैसला देउवा पक्षले स्वीकार गर्ने निष्कर्ष निकालेको छ।

शनिबार बसेको देउवा पक्षको बैठकले अदालतको फैसला स्वीकार गर्ने निष्कर्ष निकालेको हो। कांग्रेस नेता मिन विश्वकर्माले पार्टीभित्र मतभेद रहे पनि स्वतन्त्र न्यायपालिकाले गरेको फैसला स्वीकार गर्ने बताए।

'नेपाली कांग्रेसले न्यायालयले गरेको फैसलालाई सधैं आत्मसात गर्दै आएको छ। फैसलामाथि पर्याप्त असन्तुष्टिका आधार हुँदा हुँदै, केही आधारहरू विवादास्पद हुँदाहुँदै आदेश स्वीकार गर्ने निष्कर्षमा पुगेका छौं,' उनले भने। 

सर्वोच्चले राजनीतिक दलसम्बन्धी ऐनको व्याख्यामा देउवा पक्ष असन्तुष्ट रहेको उनले संकेत गरे। तर, पार्टीभित्रका मतभेद अझै रहेको उनले सुनाए।

उनले देशभर पार्टी एकतालाई लिएर असन्तुष्टिहरू बढ्दै गएको बताए। 'पार्टी एकताका विषयमा निरन्तर चिन्ता व्यक्त भइरहेका छन्। सबै पक्षले पार्टी कसरी जाने विषयमा चासो व्यक्त गरिरहेका छन्। हामी पार्टी एकतामै जोड दिएर अघि बढ्छौं,' उनले भने।

उनले कांग्रेस सभापति गगन थापा भएको र पार्टी एकताको टुंगो लगाउने जिम्मेवारी पनि उनैको काँधमा आएको बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.