एम्बुलेन्सको ठक्करबाट हजुरबुबा र नातीको मृत्यु, हजुरआमासहित दुई जना घाइते

एम्बुलेन्सको ठक्करबाट हजुरबुबा र नातीको मृत्यु, हजुरआमासहित दुई जना घाइते
दुर्घटनास्थल

गुलरिया : बर्दियामा एम्बुलेन्सले ठक्कर दिंदा हजुरबुबा र नातीको मृत्यु भएको छ । हजुरआमासहित दुई जना घाइते भएका छन् ।     विरामी छाडेर राजापुरतर्फ गइरहेको लु बीए ०३०५ नम्बरको एम्बुलेन्सले सडक किनारमा हिंडिरहेका चार जनालाई पछाडिबाट ठक्कर दिएको थियो।

बर्दिया सदरमुकाम गुलरिया नगरपालिका डिभिजन वन कार्यालय नजिकै भएको र्दुघटनामा परी गुलरिया नगरपालिका–५ निवासी अन्दाजी ५५ बर्षीीय भूमिराज लामिछाने र अन्दाजी ७-८ बर्षीय नाती रियान्स खरेलको निधन भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक प्रमेश विष्टले जानकारी दिए ।

एम्बुलेन्सको ठक्करबाट हजुरआमा सीता लामिछानेसहित अर्का एक जना सूर्य उपाध्याय घाइते भएको प्रहरीले जनाएको छ । हजुरआमाको अवस्था गम्भीर रहेको बताइएको छ । घाइतेहरुको नेपालगञ्जस्थित नर्सिङ्ग होममा उपचार भइरहेको छ । प्रहरीले एम्बुलेन्ससहित चालकलाई नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । जिल्ला आर्युवेद योग केन्द्रमा योग गर्न गइरहेको अवस्थामा उनीहरुलाई एम्बुलेन्सले ठक्कर दिएको थियो । लामिछाने योग गुरु समेत हुन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.