अन्नपूर्णकर्मी अवस्थी पुरस्कृत
महेन्द्रनगर : अन्नपूर्ण पोस्ट् कञ्चनपुरका संवाददाता महादेव अवस्थी पुरस्कृत भएका छन्। पत्रकारिताका माध्यमबाट जिल्लाको आर्थिक क्षेत्रलाई उजागर गर्न योगदान पुर्याएको भन्दै कञ्चनपुर उद्योग वाणिज्य संघले अन्नपूर्णकर्मी अवस्थीलाई आर्थिक कञ्चनपुर पत्रकारिता पुरस्कार प्रदान गरेको हो ।
आइतबार संघको ३४ औं वार्षिक साधारणसभाको उद्घाटन समाहोरमा अवस्थीलाई उक्त पुरस्कार प्रदान गरिएको हो । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल र कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश मल्लले पुरस्कार हस्तान्तरण गर्दै उनलाई सम्मानपत्र र नगद पाँच हजार एक सय रुपैयाँ प्रदान गरेका थिए ।
संघले हरेक वर्ष आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकारलाई आर्थिक पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस !