रास्वपाको सचिवालयमा ढकाल र ज्ञवाली मनोनीत
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय सदस्यमा दुई जनालाई मनोनीत गरेको छ।
सोमबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले सागर ढकाल र सरिता श्री ज्ञवाली सचिवालय सदस्यमा मनोनीत गरेको हो।
प्रवक्ता मनिष झाका अनुसार केन्द्रीय समिति बैठकले उनीहरूको नाम अनुमोदन गरेको थियो। त्यस्तै बैठकले भुपदेव शाहलाई महामन्त्रीमा मनोनीत गरेको छ।
प्रतिक्रिया दिनुहोस !