उदयपुरमा आगलागीबाट २ जनाको मृत्यु, २ घर जले

उदयपुरमा आगलागीबाट २ जनाको मृत्यु, २ घर जले
सुन्नुहोस्

उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिका–७, बेल्टार बजारमा गएराति भएको आगलागीबाट दुई जनाको मृत्यु भएको छ । राती करिब २:३० बजे भएको आगलागीबाट लक्ष्मीनारायण खड्का र पवन खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख राजन चापागाईले जानकारी दिए । 

आगालागीबाट लक्ष्मीनारायण र रविनकुमार दासको घर पूर्ण रूपमा ध्वस्त भएको छ । लक्ष्मीनारायणको घरमा रहेको पुस्तक पसलको गोदाम समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 

आगलागीको कारण एकिन नभएपनि लक्ष्मीनारायणको किचन घरमा विद्युत् सर्टका कारण आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ । काठको घर भएकाले सहजै आगलागी भएको प्रहरीको भनाई छ । 

आगो नियन्त्रणका लागि चौदण्डीगढी नगरपालिका, त्रियुगा नगरपालिका, रौतामाई गाउँपालिका र सप्तरीको कञ्चनरूप नगरपालिकाबाट दमकल खटिएका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी तथा स्थानीयवासीको सक्रिय सहयोगमा करिब तीन घण्टापछि आगो नियन्त्रणमा लिइएको जनाइएको छ । 

आगलागीबाट भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक प्रभात लिम्बुले जानकारी दिए । प्रहरीले घटनाको थप अनुसन्धान जारी रहेको जनाएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.