गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहलाई
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री बालेन्द्र शाह स्वयंले सम्हाल्ने गरी तोकेका छन्। गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएपछि उक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहलाई तोकेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।
विवादमा परेपछि गृहमन्त्री गुरुङले आज राजीनामा दिएका थिए। उनले आफूमाथि लागेको आरोपको निष्पक्ष छानबिन गर्न माग गर्दै पदबाट राजीनामा दिएको उल्लेख गरेका छन्।
प्रतिक्रिया दिनुहोस !