के ट्रम्पले दावी गरे जस्तै इरानको शासन विभाजित छ ?

के ट्रम्पले दावी गरे जस्तै इरानको शासन विभाजित छ ?
सुन्नुहोस्

अमेरिका : इरान र अमेरिकाबीचको युद्धविरामको समय लम्बिएको छ । दोस्रो चरणको वार्ता हुने अनुमान भइरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविरामको समयावधि अचानक अनिश्चितकालका लागि लम्ब्याएका हुन् । युद्धविरामको समय लम्ब्याउनुअघि राष्ट्रपति ट्रम्पले इरानको शासन विभाजित रहेको दावी गरेका थिए ।

उपराष्ट्रपति जेडी भान्ससँगको दोस्रो चरणको वार्ताका लागि इरान पाकिस्तानमा उपस्थित नहुनुले नेतृत्व कति असंगठित भएको छ भन्ने देखाएको ह्वाट हाउसले दाबी गरेको थियो । तर इरानका पर्यवेक्षकहरूले यसलाई फरक तरिकाले हेर्छन् । इरानले वार्ता पुनः सुरु हुनुअघि संयुक्त राज्य अमेरिकाले आफ्ना बन्दरगाहहरूमा लगाएको नाकाबन्दी अन्त्य गर्नुपर्ने अडान लिएको छ । धेरै विश्लेषकहरू ह्वाइट हाउसले दावी गरेको भन्दा इरानको नेतृत्व बढी एकीकृत छ ।

मेहरान कामरावाले सीएनएनकी बेकी एन्डरसनसँग कुरा गर्दै नेतृत्व पर्याप्त रूपमा एकीकृत रहेको र यो युद्धको सञ्चालन र वार्तामा देखेको बताएका छन् । संयुक्त राज्य अमेरिका र इजरायलले शासनका अधिकांश शीर्ष सैन्य तथा राजनीतिक नेताहरू हटाएपछि इरानमा शासन अझ जटिल बनेको दावी गरेको छ । ह्वाइट हाउसले अस्तित्वमै खतरा ल्याउन युद्धका बीच इस्लामिक गणतन्त्रका विभिन्न राजनीतिक धारका अधिकारीहरूको समूह अहिले देशको भविष्यबारे निर्णय गरिरहेको दावी गरेको छ । आफ्ना दिवंगत पिताको उत्तराधिकारी बनेका सर्वोच्च नेता तथा अन्तिम निर्णयकर्ता मोजताब खामेनीको अनुपस्थितिमा अधिकारीहरुले काम गरिरहेको टिप्पणी गरेको छ । 

विज्ञहरुका अनुसार राजनीतिक मतभेद भए पनि यो समूह सार्वजनिक रूपमा एकता देखाउन दृढ देखिन्छ । युद्ध कसरी अगाडि बढाउने वा अमेरिकासँग कूटनीति कसरी गर्ने भन्ने विषयमा फरक धारणा भए पनि यो समूहमा सार्वजनिक एकता रहेको विज्ञ बताउँछन् । ‘इरानी नेतृत्वका विभिन्न समूहहरू अहिले युद्धअघिको भन्दा बढी एकीकृत छन्’, ट्रिटा पार्सीले सीएनएनसँग भने । ‘किनकी यो सानो समूह हो । यस समूहमा युद्ध रणनीतिबारे अझ बढी एकता छ’, उनले अली खामेनीको समयको अवस्थासँग तुलना गर्दै भने ।

यस साता इरान वार्तामा सहभागी हुन्छ कि हुँदैन भन्ने विषयमा तीव्र अड्कलबाजी भइरहँदा, तेहरानले आफ्नो सार्वजनिक अडान कायम राख्दै वार्ताकारहरू सहभागी नहुने बताएको थियो । उसले वाशिङ्टनलाई युद्धविराम उल्लंघन गरेको र ‘कूटनीतिक समाधानप्रति गम्भीर नभएको’ आरोप लगाएको थियो ।

युद्धअघि नै अली खामेनीको नेतृत्वमा इस्लामिक गणतन्त्रले स्पष्ट ‘रातो रेखा’ तय गरेको थियो । जसमा युरेनियम समृद्धि गर्ने अधिकार, क्षेप्यास्त्र विकास जारी राख्ने र आफ्ना सहयोगी समूहहरूलाई समर्थन गर्ने कुरा समावेश छन् । यी मागहरू अहिलेको ट्रम्प प्रशासनसँगको वार्तामा पनि कायम छन् ।

इरानको राजनीतिक नेतृत्वले आन्तरिक विवादको खबरलाई अस्वीकार गर्दै सैन्य लक्ष्य र वार्ता रणनीतिमा एकीकृत दृष्टिकोण देखाउन प्रयास गरिरहेको छ । ‘वरिष्ठ अधिकारीहरूबीच विभाजनको कुरा गर्नु इरानका विरोधीहरूको पुरानो राजनीतिक र प्रचारात्मक चाल हो’, इरानी राष्ट्रपतिका उपप्रवक्ता मेहदी तबातबाइले बुधबार एक्स (ट्वीटर) मा लेखेका थिए । ‘युद्ध क्षेत्र, जनता र कूटनीतिज्ञहरूबीचको एकता अहिले असाधारण र उल्लेखनीय छ ।’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.