भारत सरकारको सहयोगमा झापामा विद्यालय भवनको शिलान्यास

भारत सरकारको सहयोगमा झापामा विद्यालय भवनको शिलान्यास
सुन्नुहोस्

काठमाडौं : भारत सरकारको आर्थिक सहयोगमा झापामा विद्यालय भवन निर्माणको शिलान्यास गरिएको छ।

कोशी प्रदेशको झापा जिल्ला गौरादह नगरपालिका-१ स्थित श्री जनता माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि आज कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की, काठमाडौंस्थित भारतीय राजदूतावासकी काउन्सलर गीतांजलि ब्रैंडन र गौरादह नगरपालिकाका मेयर छत्रपति सुबेदी ले संयुक्त रूपमा शिलान्यास गरेका हुन्।

करिब ५ करोड ८० लाख रुपैयाँ लागतमा निर्माण हुन लागेको उक्त भवन उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गत गौरादह नगरपालिकामार्फत कार्यान्वयन गरिनेछ।

शिलान्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्की तथा अन्य सरोकारवालाहरूले भारत सरकारबाट प्राप्त विकास सहयोगको प्रशंसा गर्दै नयाँ भवनले विद्यार्थी र शिक्षकका लागि सिकाइ वातावरण थप सुदृढ बनाउने विश्वास व्यक्त गरे।

भारत र नेपालबीच नजिकका छिमेकीका रूपमा बहुआयामिक सहकार्य रहँदै आएको सन्दर्भमा यस्ता परियोजनाले स्थानीय पूर्वाधार विकाससँगै नेपालको समृद्धि यात्रामा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरिएको छ। 

nullnullnull


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.