स्थानीय तहमा हाजिर नभएका उपसचिव र शाखा अधिकृतलाई विभागीय कारबाहीको चेतावनी

स्थानीय तहमा हाजिर नभएका उपसचिव र शाखा अधिकृतलाई विभागीय कारबाहीको चेतावनी

काठमाडौं : स्थानीय तहमा सरुवा भई लामो समयसम्म हाजिर नभएका उपसचिव तथा शाखा अधिकृतहरूलाई सरकारले तीन दिने अल्टिमेटम दिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले खटाइएको स्थानमा तत्काल हाजिर हुन निर्देशन दिँदै अटेर गरे विभागीय कारबाही गरिने चेतावनी दिएकी हुन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०८२ भदौदेखि २०८२ चैतसम्म विभिन्न नगरपालिका तथा गाउँपालिकामा सरुवा गरिएका तर हालसम्म पनि हाजिर नभएका १६ जना उपसचिव तथा शाखा अधिकृत स्तरका प्रमुख प्रशासकीय अधिकृतहरूलाई लक्षित गर्दै पत्राचार गरेको जनाएको छ। मन्त्रालयले मिति २०८३ वैशाख १० गते उनीहरूलाई तीन दिनभित्र अनिवार्य रूपमा रमाना लिई खटाइएको स्थानीय तहमा गई कामकाज सम्हाल्न निर्देशन दिएको हो।

मन्त्रालयका अनुसार सम्बन्धित कर्मचारीहरूले तोकिएको अवधिभित्र हाजिर नभए निजामती सेवा नियमावली, २०५० को नियम ३९ र ४० बमोजिम विभागीय कारबाही प्रक्रिया अघि बढाइनेछ।

लामो समयदेखि सरुवा भएर पनि साविककै कार्यालयमा कार्यरत रहने प्रवृत्ति बढ्दै गएको भन्दै मन्त्रालयले यसलाई नियन्त्रण गर्न कडा कदम चालिएको जनाएको छ। आगामी दिनमा समेत तोकिएको स्थानमा हाजिर हुन अटेर गर्ने कर्मचारीमाथि कानुनअनुसार कडा कारबाही गरिने मन्त्रालयले स्पष्ट पारेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.