सुकुम्बासीलाई दमन होइन,सुरक्षित बसोबास देउ
काठमाडौं : जेड मुभमेन्ट एलायन्सले भूमिहीन तथा सुकुम्बासीमाथि भएको दमनको विरोध गरेको छ। संगठनले सुकुम्बासी बस्तीमा भइरहेको अन्याय र बल प्रयोगविरुद्ध सशक्त आवाज उठाउन कार्यक्रम सुरू गरिएको जनाएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहले थापाथलीस्थित बस्ती हटाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन्। काठमाडौं महानगरपालिका,नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले बिहीबार सुकुम्बासी बस्तीलाई शुक्रबार साँझसम्म सार्न निर्देशन दिएका छन्।

यसैबीच,प्रदर्शनकारीहरू थापाथली सुकुम्बासी बस्तीमा भेला भई विरोध जनाएका छन्। सुकुम्बासीहरूको सुरक्षित बसोबास,आधारभूत अधिकारको सुनिश्चितता तथा उनीहरूमाथि भएका दमनका घटनाको अन्त्य गर्नुपर्ने उनीहरूको माग छ।
शुक्रबार बिहानदेखि केही सुकुम्बासीहरूले बस्तीबाट सामान सार्न थालेका छन्।
प्रतिक्रिया दिनुहोस !
४