इ-गभर्मेन्ट प्रोक्युरमेन्ट सिस्टममा अनधिकृत पहुँच, थप दुईजना पक्राउ
काठमाडौं : सार्वजनिक खरिद अनुगमन कार्यालयको इ गभर्मेन्ट प्रोक्युरमेन्ट प्रणालीमा अनाधिकृत पहुँच पुर्याइ विभिन्न ठेक्काहरूको विवरण हेरफेर गरेको अभियोगमा थप दुईजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ईन्को प्रालिको शेयरधनी तथा लेखापाल स्वदेश पोखरेल र कल्पवृक्ष बिल्डर्स प्रालिका सञ्चालक प्रकाश ढुंगाना रहेका छन्। उनीहरूलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरीले विभिन्न स्थानबाट पक्राउ गरेको हो।
यसअघि वैशाख ११ गते कालिका कन्ट्रक्सन प्रालिका सञ्चालक बिक्रम पाण्डे र भिषण कन्ट्रक्सन प्रालिका सञ्चालक टंक कुमार श्रेष्ठ पक्राउ परेका थिए।
प्रहरीका अनुसार हालसम्म इ-गभर्मेन्ट प्रोक्युरमेन्ट प्रणालीमा अनाधिकृत पहुँच पुर्याइ ठेक्काको विवरण हेरफेर गरेको आरोपमा १३ जना पक्राउ परेका छन्। उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !