नेप्से परिसूचक ७.७३ अंकले बढ्यो, ४ अर्ब ७४ करोडको कारोबार

नेप्से परिसूचक ७.७३ अंकले बढ्यो, ४ अर्ब ७४ करोडको कारोबार
सुन्नुहोस्

काठमाडौं : साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक एकल अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ७.७३ अंकले बढेर २७९६.४३ विन्दुमा पुगेको हो।

यसदिन ३५१ वटा स्क्रिप्सको १ करोड ९ लाख २८ हजार  ६१७ कित्ता सेयर ४ अर्ब ७४ करोड ८८ लाख ९ हजार १२७ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये १५७ वटा स्टक्सको मूल्य बढ्दा १०२ वटाको घट्यो। १० वटा स्टक्सको मूल्य भने स्थिर रह्यो।

यसदिन तीनवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। कर्पोरेट डेभलपमेन्ट बैंक,पाल्पा सिमेन्ट इन्डस्ट्रिज र शिखर पावर डेभलपमेन्टको सेयर १५ प्रतिशतले बढ्यो।

कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रह्यो। सो कम्पनीले ३० करोड मूल्य बराबरको सेयर कारोबार गर्यो।
आँखु खोला जलविद्युतले २६ करोडको सेयर कारोबार गर्दा सोलु हाइड्रोपावरले २३ करोड,नेसनल हाइड्रोपावरले १४ करोड र कर्पोरेट डेभलपमेन्ट बैंकको १२ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.