दाङ प्रहरीको स्विप अपरेसन: पाँच दिनमा १६२ जना पक्राउ

दाङ प्रहरीको स्विप अपरेसन: पाँच दिनमा १६२ जना पक्राउ
सुन्नुहोस्

दाङ : दाङ प्रहरीको जिल्लामा ‘स्विप अपरेसन सञ्चालन गरेको छ। लागुऔषध नियन्त्रण तथा रोकथाम अभियानलाई थप प्रभावकारी र सुदृढ बनाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय दाङले केही दिनदेखि ‘स्विप अप्रेसन’ चलाएको जनाएको छ। वैशाख ९ गतेदेखि सञ्चालन भएको यो अभियानमा विभिन्न प्रकृतिका १६२ जनालाई नियन्त्रण लिएर कारबाही प्रक्रिया अघि बढाएको उल्लेख गरेको छ। 
 
वैशाख ९ गतेदेखि १३ गतेसम्म सञ्चालित उक्त विशेष स्विप अपरेसनका क्रममा १३५ पुरुष र २३ महिला गरी १६२ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए। 

उनले यो अप्रेसनमा १५ जना विरुद्ध लागुऔषध मुद्दा, १ जना विरुद्ध चोरी मुद्दा र ५ जना विरुद्ध अभद्र व्यवहारको मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिए। त्यसैगरी, फैसला कार्यान्वयनका क्रममा ५ जना फरार प्रतिवादीहरू पक्राउ परेका छन्। 

उनीहरूलाई १ वर्ष ३ महिना कैद र ३ हजार ५ सय रुपैयाँ जरिवाना तोकिएको थियो। साथै, २ जनालाई सुधारका लागि पुनर्स्थापना केन्द्रमा पठाइएको छ भने १३४ जनालाई आवश्यक परामर्श दिई अभिभावकको जिम्मा लगाइएको छ।

विशेष स्विप अपरेसनका क्रममा प्रहरीले ४० ग्राम ५५० मिलिग्राम लागुऔषध ‘ब्राउन सुगर’ बरामद गरेको छ। यसमा १५ जनालाई पक्राउ गरिएको छ। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.