वर्तमान सरकारले संसद र आफ्ना नागरिकलाई हेप्यो, ढाँट्यो पनि : गगन थापा

वर्तमान सरकारले संसद र आफ्ना नागरिकलाई हेप्यो, ढाँट्यो पनि : गगन थापा
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बालेन्द्र शाह नेतृत्वको सरकारले संसद र नागरिक दुवैलाई हेपेको आरोप लगाएका छन्। आफ्नो निर्वाचन क्षेत्र सर्लाहीमा आयोजित कार्यक्रममा बोल्दै उनले वर्तमान सरकार नागरिकप्रति जवाफदेही नभएको बताएका हुन्।

प्रतिनिधिसभाको बैठकको मिति तोकेर आह्वान गरिसकेपछि कुनै सूचना नै नदिई बैठक स्थगित गरिएकोप्रति आपत्ति जनाउँदै थापाले कांग्रेसले यस विषयमा दुईवटा गम्भीर प्रश्न उठाएको बताए। 'एउटा संसदलाई हेपिएको छ, अर्को नागरिकलाई पनि हेपिएको छ,' उनले भने।

उनका अनुसार बहुमत भएको संसदप्रति नै विश्वास नगरी सरकारले संसद छलेर अध्यादेश ल्याएकोप्रति कांग्रेसले प्रश्न उठाएको हो। 'संसदप्रति विश्वास नराख्नु भनेको लोकतान्त्रिक प्रक्रियामाथि नै अविश्वास गर्नु हो,' उनले भने।

नागरिकलाई पनि बेवास्ता गरिएको आरोप लगाउँदै थापाले सरकारका मन्त्रीहरूले संसदकै अनुरोधमा बैठक स्थगित गरिएको भन्ने अभिव्यक्ति दिएको सुन्नुपरेको बताए। 'पहिला हेप्नुभयो, अहिले त सरासर ढाँट्नुभयो,' उनले सरकारप्रति कटाक्ष गरे।

उनले यो विषय केवल अध्यादेशसँग मात्र सम्बन्धित नभई समग्र शासन प्रवृत्तिसँग जोडिएको बताए। संवैधानिक परिषद्को संरचना परिवर्तन गरेर आफूअनुकूल नियुक्ति गर्न खोजिएको आरोपसमेत उनले लगाए। 'यसअघि पनि प्रधानमन्त्रीहरूले संवैधानिक परिषद्को बनोट आफू अनुकूल बनाउन प्रयास गरेका थिए, हामीले त्यसमा असहमति जनाएका थियौं। अहिले फेरि त्यही अभ्यास दोहोरिन खोजिएको छ, जुन राम्रो होइन,' उनले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.