सुधन गुरुङमाथि छानबिन हुन्छ : रवि लामिछाने

सुधन गुरुङमाथि छानबिन हुन्छ : रवि लामिछाने
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा पूरा गर्न तथा आवश्यक सुधारका लागि सरकारले अध्यादेश सिफारिस गरेको बताएका छन्।

बुधबार संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले कसैलाई दुःख दिन वा कसैलाई सुविधा दिन नभइ आवश्यक सुधारका लागि सरकारले अध्यादेश ल्याएको बताए। जनताले ठूलो अपेक्षाका साथै रास्वपालाई विजयी गराएको भन्दै जनताको अपेक्षा अनुसार छिटो काम गर्न सरकारले अध्यादेश ल्याएको उनको भनाइ छ।

उनले विगतमा भएको अनावश्यक दलीयकरण र गलत नियुक्तिलाई सच्चाएर सक्षमहरूलाई नियुक्ति गर्नका लागि संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको बताए। 

सभापति लामिछाने जोखिमयुक्त क्षेत्रको बस्ती व्यवस्थापनका क्रममा सरकारले सुकुम्बासी बस्ती हटाइएको भन्दै कसैलाई घरबारविहीन नबनाउने उल्लेख गरे। घरबारविहीन नागरिकको उचित व्यवस्थापनको जिम्मा सरकारले लिने उनको भनाइ छ।

रास्वपा सभापति लामिछानेले निवर्तमान गृहमन्त्री सुधन गुरुङमाथि छानबिनको प्रक्रिया चाँडै सुरु हुने बताए। रास्वपाले १०० दिनमा गर्नुपर्ने कामका विषयमा लामिछानले जनतासँग गरिएका प्रतिवद्धता पूरा गर्ने गरी काम भइरहेको बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.