कर्णाली युवा महोत्सवको दोस्रो संस्करण हुँदै

कर्णाली युवा महोत्सवको दोस्रो संस्करण हुँदै

वीरेन्द्रनगर : कर्णाली प्रदेशका युवाहरूको प्रतिभा पहिचान, नेतृत्व विकास र क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित ‘कर्णाली युवा महोत्सव’को दोस्रो संस्करण शनिबारदेखि वीरेन्द्रनगरमा सुरु हुने भएको छ। युवाका लागि साझा डबली, कर्णालीका लागि साझा सम्भावना भन्ने मूल भावसहित वैशाख १९ र २० गते वीरेन्द्रनगरस्थित सिटी हलको प्रांगणमा महोत्सव आयोजना हुन लागेको हो।

गत वर्ष माघमा सम्पन्न पहिलो संस्करणको सफलतापछि यस वर्ष महोत्सवलाई अझ परिष्कृत, व्यवस्थित र विषयगत रूपमा समृद्ध बनाउँदै दोस्रो संस्करण आयोजना गर्न लागिएको हो। कर्णालीका युवाहरूमा रहेको सिर्जनशीलता, क्षमता, सम्भावना र नेतृत्व ऊर्जा उजागर गर्दै उनीहरूलाई प्रदेशको विकाससँग प्रत्यक्ष जोड्ने उद्देश्यले महोत्सवलाई निरन्तरता दिइएको जनाइएको छ।

महोत्सव मुल आयोजक समितिका अनुसार महोत्सवले कर्णालीका युवालाई आफ्ना विचार, क्षमता, सिर्जना र सामाजिक उत्तरदायित्व प्रस्तुत गर्ने साझा मञ्च प्रदान गर्नेछ। मूल आयोजक समितिका संयोजक विनोदकुमार शाहीले कर्णालीका युवाहरूलाई आफ्नो शक्ति, सिर्जनशीलता र सम्भावनालाई उजागर गर्ने साझा डबलीका रूपमा महोत्सवलाई अघि बढाइएको बताए। उनका अनुसार महोत्सवमा कर्णालीको समृद्धिमा राज्यको दायित्व, जनप्रतिनिधि र युवाको सम्बन्ध, मिडियामा कर्णालीको स्थान, पर्यटन, शिक्षा, स्वास्थ्य तथा अवसर र चुनौतीजस्ता विषयमा गहन बहस र अन्तरक्रिया हुनेछन्।

महोत्सवको विशेष आकर्षणका रूपमा कर्णालीका विभिन्न क्षेत्रमा उदाहरणीय योगदान पुर्‍याएका १० जना युवालाई ‘कर्णाली युथ आइकन अवार्ड’ प्रदान गरिने भएको छ। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.