१२ भाई बराह र २२ बहिनी बजु पूजाका लागि जाँदै थियो जलजलामा दुर्घटनामा परेको जिप

१२ भाई बराह र २२ बहिनी बजु पूजाका लागि जाँदै थियो जलजलामा दुर्घटनामा परेको जिप
सुन्नुहोस्

रोल्पा : रोल्पाको धार्मिकस्थल जलजला जाँदै गरेको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुगेको छ। पूर्वी रुकुम सिस्ने गाउँपालिका-५ टाकुराबाट रिजर्भमा आएको लु १ ज ४१६७ नम्बरको जिप बिहीबार दिउँसो ३ बजेतिर रोल्पाको थबाङ गाउँपालिका-१ सलापमा दुर्घटना भएको हो। जिप चालक सिस्ने गाउँपालिका-५ टाकुराकै बेदबहादुर बिक रहेको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक बिरेन्द्रवीर विश्वकर्माका अनुसार मृत्यु हुनेको संख्या २० पुगेको हो। भारी वर्षा र अप्ठ्यारो ठाउँमा दुर्घटना भएकाले उद्धारमा कठिनाइ भइरहेको छ। साँघुरो र चिप्लो बाटोका कारण दुर्घटना भएको अनुमान गरिएको छ। सडकबाट करिब ८ सय मिटर तल जिप खसेको छ। 

जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी सुनिल थापाका अनुसार सिस्ने गाउँपालिका-५ पूर्वी रुकुमका वर्ष ३२ का समीर कामीको जीवितै उद्धार गरिएको छ। उनको थबाङ स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। दुर्घटनाग्रस्त जिप टुक्रा-टुक्रा अवस्थामा रहेको प्रत्यक्षदर्शीले जनाएका छन्। रिजर्भ जिप भएकाले कति यात्रु थिए भन्ने यकिन हुन सकेको छैन। मृत्यु हुनेहरुको शव यत्रतत्र छरिएका छन्। मृतकको सनाखत समेत हुन सकेको छैन। 

वैशाख १८ गते बुद्ध पुर्णिमाका दिन जलजलामा हुने बाह्रभाई बराह र बाईस बहिनी बजु पूजाका लागि तिर्थालु जलजला आउँदै गरेका थिए। बुद्ध पुर्णिमामा जलजलामा ठूलो मात्रामा पूजा हुन्छ। यस क्षेत्रको निकै महत्त्वको धार्मिक स्थल मानिन्छ। 

पूजाआजामा हिँडेकाले मृत्यु हुनेहरुमा एकाघरकै धेरै रहेको अनुमान गरिएको छ। थबाङ हुँदै जलजला जाँदै गरेको जिपमा सानासाना बालबालिका रहेको स्थानीयले देखेको बुझिएको छ। दुर्घटनापश्चात् जलजला जाँदै गरेका अन्य तिर्थालु, स्थानीय र उवा/थबाङबाट घटनास्थल पुगेको प्रहरीको संयुक्त टोलीले उद्धार गरिरहेको छ। 

फोन नेटवर्कले समेत काम नगरेकाले थप क्षतिको विवरण आउन सकेको छैन। दुर्घटनाको खबर लगत्तै सदरमुकाम लिबाङबाट प्रहरी प्रमुख विश्वकर्मा सहितको प्रहरी टोली, सूर्य दल गणबाट नेपाली सेना र सशस्त्र प्रहरी समेत घटनास्थलतर्फ परिचालित भएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.