रोल्पा जीप दुर्घटना : मृतक २० जनाकै सनाखत, परिवारलाई जिम्मा लगाइयो शव

जीप पल्टिँदा छतबाट हामफेका समीर मात्र बचे, आमालाई गुमाए

रोल्पा जीप दुर्घटना : मृतक २० जनाकै सनाखत, परिवारलाई जिम्मा लगाइयो शव

रोल्पा : रोल्पाको थबाङ गाउँपालिका–सलापमा बिहीबार जीप दुर्घटना हुँदा मृत्यु भएका २० जनाकै सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख एवं प्रहरी नायव उपरीक्षक बीरेन्द्रबीर विश्वकर्माका अनुसार घटनास्थलबाट शव संकलन गरी थबाङमा रहेको आधारभूत अस्पताल लगेर शवको सनाखत गरिएको हो । 

मृतकका परिवारका सदस्य र आफन्तको सहयोगमा शवको सनाखत गरिएको हो । मृत्यु हुनहेरुमा पूर्वी रुकुम र दाङका तीर्थालु रहेका छन् । पूर्वी रुकुम सिस्ने गाउँपालिका–५ टाकुराका वर्ष २८ का गोर्खबहादुर बिसी, वर्ष ५३ का तिलकुमारी बुढाथोकी, वर्ष २८ का युवा बुढाथोकी, वर्ष १० का दिब्यान बुढाथोकी, वर्ष ६० की मिना बिक र वर्ष ६० कै लक्ष्मी शाह रहेका छन् । जीप चालक रहेका दाङ शान्तिनगर घर भइ हाल सिस्ने गाउँपालिका– ५ टाकुरा बस्ने बर्ष ४२ को बेदुराम बिकको पनि सनाखत भएको छ । 

अन्य मृत्यु हुनेहरुमा पूर्वी रुकुम धाउन्ने बस्ने वर्ष २४ का सिर्जना बुढाथोकी, वर्ष १३ का सुदिप बुढाथोकी, वर्ष ४० की ओमकुमारी बुढाथोकी, पूर्वी रुकुम भुमे गाउँपालिका–५ का टेकप्रसाद बस्नेत र वर्ष २७ की रुक्मिता थापा बस्नेतको पनि सनाखत भएको छ । दाङको घोराही उपमहानगरपालिका–१६ बुद्धचोकका वर्ष ५० की द्रुपती जिसी, वर्ष ३२ की तिला जिसी, ७ वर्षीय जेनिस घर्ती, वर्ष १२ की जेनिसा जिसी, वर्ष २५ की एलिसा घर्ती, घोराही उपमहानगरपालिका–१२ गुर्जेका भनमाया विष्ट छन् ।

लमजुङ बस्ने वर्ष ७ का संयोग थापा र यमबहादुर जिसीको समेत मृत्यु भएको छ । दुर्घटनास्थल भिरालो र अप्ठ्यारो ठाउँ भएकाले राति शव निकाल्न सकिएको थिएन । उद्दार टोलीले शुक्रबार बिहानदेखि नै डोरीको सहायताले शव निकाल्न अहोरात्र खटिएकाले ढिलै भए पनि शवको सनाखत गर्न सकिएको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताए । मध्यान्हसम्म सबै शवको उद्दार गरिएको थियो । 

पूर्वी रुकुम सिस्नेगाउँपालिका–५ टाकुराबाट रिजर्भमा आएको लु १ ज ४१६७ नम्बरको बोलेरो जीप बिहीबार दिउँसो तीन बजे दुर्घटना भएको थियो । जीप सवार एक जना भने बाँचन सफल भए । सिस्ने गाउँपालिका–५ टाकुराका ३२ वर्षीय समीर कामी पूर्वी रुकुम अस्पतालबाट सामान्य उपचारपछि राति नै डिस्चार्ज भएका थिए । उनी र अर्का एक जना जीपको छतमा भएको बुझिएको छ । जीप पल्टिँदा छतबाट हाम फालेर समीर बाँच्न सफल भए । छतबाट उनीसँगै हाम फालेका अर्का यात्रुको भने मृत्यु भयो । दुर्घटनामा समीरले पनि आमा गुमाउनु पर्‍यो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.