बालाजु, स्वयम्भू क्षेत्रका सुकुम्बासी बस्तीमा चल्यो डोजर (तस्बिरहरू)
काठमाडौं : सरकारले सुकुम्बासी बस्ती खाली गर्ने अभियान अन्तर्गत शनिबार काठमाडौंको बालाजु, माछापोखरी, स्वयम्भू क्षेत्रमा डोजर चलाएको छ । खोला किनार अतिक्रमण गरी बनाइएका घर टहरा हटाउन सरकारले शनिबार यस क्षेत्रमा डोजर चलाएको हो ।
सरकारले हिजो बल्खु, वंशीघाट, गोंगबु, शंखमुल क्षेत्रका अतिक्रमित संरचना डोजर लगाएर घटाएको थियो । सरकारले यसअघि थापाथली, गैरीगाउँ, सिनामंगल क्षेत्रका सरकारी जग्गा अतिक्रमण गरी घर टहरा बनाइएको सुकुम्बासी बस्ती खाली गराएको थियो ।





प्रतिक्रिया दिनुहोस !