सुकुम्बासीप्रति सरकार निर्मम बनेको भन्दै श्रम सँस्कृति पार्टीको प्रदर्शन
काठमाडौं : सुकुम्बासी एवं अव्यवस्थित बसोबासमाथि राज्यले दमन गरेको भन्दै श्रम संस्कृति पार्टीले विरोध प्रदर्शन गरेको छ ।
‘यो देश गरीबको पनि हो’ भन्दै श्रम संस्कृति पार्टीले शनिबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको हो । सुकुम्वासी एवं अव्यवस्थित बसोबासप्रति राज्यले निर्मम ढंगले दमन गरेको श्रम संस्कृति पार्टीको भनाइ छ ।
प्रदर्शनमा सहभागीहरुले भूमिहीनलाई पहिले व्यवस्थापन गर, मानवअधिकारका लािग एक हौ, कमजोर वर्गलाई संरक्षण गर्नु राज्यको दायित्व हैन र, भूमिहीनलाई भूमि दे लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । कुनै बिकल्प र व्यवस्थापन नै नगरी सुकुम्बासी एवं अव्यवस्थित बसोबासमाथि दमन गरेर राज्यले निरंकुश शैली देखाएको भन्दै उनीहरुले आक्रोश व्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस !