को हुन् माखनलाल सरकार, जसको पाउ प्रधानमन्त्री मोदीले छोए ?

को हुन् माखनलाल सरकार, जसको पाउ प्रधानमन्त्री मोदीले छोए ?

भारत : कोलकाताको ब्रिगेड परेड ग्राउन्डमा भारतीय जनता पार्टी (बीजेपी) को नयाँ सरकारको शपथ ग्रहण समारोहका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले एक व्यक्तिलाई पहिले अंगालो हाली सम्मान गर्दै त्यसपछि झुकेर उनका पाउ छोए ।

ती व्यक्ति हुन् माखनलाल सरकार, जसलाई पश्चिम बंगालमा बीजेपीको सबैभन्दा ज्येष्ठ कार्यकर्ता मानिन्छ । उनी सन् १९५२ मा डा. श्यामाप्रसाद मुखर्जीको ऐतिहासिक कश्मीर यात्राको क्रममा उनीसँगै थिए । उनी लामो समयदेखि राष्ट्रवादी आन्दोलनसँग जोडिएका छन् र जेल पनि गएका छन् ।
सन् १९८० मा बीजेपीको स्थापना भएपछि उनले बंगालमा पार्टी र संगठन विस्तारमा महत्वपूर्ण भूमिका निभाए । सिलिगुडीमा काम गर्ने क्रममा तत्कालीन पश्चिम दिनाजपुर, दार्जिलिङ र जलपाइगुडी जिल्लामा संगठन संयोजकको रूपमा काम गर्दै उनले केवल एक वर्षभित्र १० हजार नयाँ सदस्य बनाए ।

माखनलाल सरकार त्यतिबेलादेखि नै बंगालमा संगठनको काम गर्दै आएका छन्, जब राज्यमा संघ वा बीजेपीको उपस्थिति लगभग नगण्य थियो । प्रदेश बीजेपी अध्यक्ष शमिक भट्टाचार्यले गत वर्ष अध्यक्ष पद सम्हालेपछि सिलिगुडीमा माखनलालको घर पुगेर उनलाई सम्मान गरेका थिए । अहिले उनको उमेर करिब ९८ वर्ष छ ।

सिलिगुडीका एक बीजेपी नेता तरुण मण्डल भन्छन्, ‘माखनलाल ८० को दशकदेखि नै बंगालमा संगठन यात्राका साक्षी रहँदै आएका छन् र यसमा उनको महत्वपूर्ण भूमिका छ । प्रचारको चमक–दमकबाट टाढा रहेर उनी क्षेत्रमै संगठनको जरा गाड्न र मजबुत बनाउन लागिरहे ।’ बंगाल चुनावमा बीजेपीको जितपछि उनी चर्चामा आएका थिए । त्यतिबेला पत्रकारहरूसँग कुरा गर्दै उनले सिलिगुडीमा गो–हत्या बन्द गराएका थिए । बंगालमा बीजेपीको जितबारे कति खुशी हुनुहुन्छ भन्ने प्रश्नमा उनले भनेका थिए, ‘म धेरै खुशी छु । मेरो जीवनभरको मेहनत सफल भयो ।’

उनको भनाइ थियो कि सिलिगुडी सिटमा शंकर घोषको उम्मेदवारीको निर्णय उनले नै गरेका थिए । उनी भन्छन्, ‘यदि मैले यस्तो नगरेको भए सिलिगुडीमा बीजेपीको जित सम्भव थिएन ।’ प्रधानमन्त्री नरेन्द्र मोदीले पश्चिम बंगालमा बीजेपीको पहिलो सरकार गठन भएपछि एक्समा पोस्ट पनि गरेका छन् । यस पोस्टमा उनले जनसंघका संस्थापक तथा माखनलाल सरकारको उल्लेख गरेका छन् ।

मोदीले लेखेका छन्, ‘आज जब पश्चिम बंगालमा पहिलो बीजेपी सरकार शपथ लिइरहेको छ, तब डा. श्यामाप्रसाद मुखर्जी र राष्ट्र तथा विशेषगरी पश्चिम बंगालका लागि उनको अमिट योगदान सम्झनु स्वाभाविक हो । हामी उनका सपनाहरू पूरा गर्न कुनै कसर बाँकी राख्ने छैनौं ।’

‘मैले कोलकातामा शपथ ग्रहण समारोहका क्रममा श्री माखनलाल सरकारसँग भेट गरें । समर्पित देशभक्त श्री सरकारले डा. मुखर्जीसँग काम गरेका थिए र जम्मु–कश्मीरमा उहाँसँगै गिरफ्तार पनि भएका थिए ।’ उहाँले पश्चिम बंगालमा हाम्रो पार्टीको आधार मजबुत बनाउन र समाजका हरेक वर्गका मानिसलाई पार्टीसँग जोड्न आफ्नो जीवन समर्पित गर्नुभयो ।’ ‘बीजेपी कार्यकर्ताको रूपमा हामीलाई गर्व छ कि हाम्रो पार्टीमा यस्ता प्रेरणादायी व्यक्तित्वहरू छन्, जसले जनताबीच रहेर पार्टीलाई मजबुत बनाएका छन् ।’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.