ट्राफिक चेकजाँचमा कडाइ

२४ घण्टामा १ हजार ८५४ सवारी चालक कारवाहीमा,चार लाख ४८ हजार राजश्व संकलन

२४ घण्टामा १ हजार ८५४ सवारी चालक कारवाहीमा,चार लाख ४८ हजार राजश्व संकलन
फाइल तस्बिर ।

काठमाडौं : काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकविरुद्ध ट्राफिक प्रहरीले निगरानी र कारवाहीलाई तीव्र बनाएको छ। पछिल्लो २४ घण्टामा १ हजार ८५४ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा  ४ लाख ४८ हजार राजस्व दाखिला भएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको १२५,नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६६, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता १७९ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १७१ जनालाई कारबाही गरिएको हो । 

यसैगरी,‘लेन’अनुशासन पालना नगर्ने २७, निषेधित क्षेत्रमा हर्न बजाउने १०४, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ६६, एकतर्फी सडकमा सवारी चलाउने ११२ र अन्य सवारी नियम पालना नगरेका एक हजार ९०४ जनालाई कारबाही गरिएको हो 

ट्राफिक प्रहरीका अनुसार सवारी दुर्घटना न्यूनीकरण,सडक अनुशासन कायम तथा सुरक्षित आवागमन सुनिश्चित गर्न नियमित रूपमा निगरानी र कारवाही अभियान सञ्चालन भइरहेको छ। नियम उल्लङ्घन गर्ने चालकलाई कानुनअनुसार जरिवाना तथा आवश्यक कारवाही गरिने कार्यालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.